सवारी दूर्घटनाका घाईतेलाई तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउने प्रयास जारी छ : मेयर शाह

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दूर्घटना न्यूनिकरण हुँदै जाने विश्वास व्यक्त गर्नु भएको छ ।

संघीय संसदबाट पास भएको ‘शहरी क्षेत्रको एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक २०७६’ ले काठमाडौं उपत्यकामा हुने सडक दूर्घटना न्यूनिकरणका लागि काम गर्ने बताउनुभयो ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर साहले सडकको विषयमा हेर्ने छुट्टै निकाय भएपछि अहिले देखिएका धेरै समस्या समाधान हुने विश्वास ब्यक्त गर्नुभयो । ऐन अन्तर्गत ‘संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषद’ गठन हुने र परिषदमा काठमाण्डौ महानगरपालिकाका प्रमुख अध्यक्ष,ललितपुर महानगरपालिकाका प्रमुख उपाध्यक्ष, भक्तपुर नगरपालिकाका प्रमुख सदस्य, यातायात मन्त्रालयका सहसचिव, सडक विभागका महानिर्देशक, बागमती प्रदेशको यातायात मन्त्रालयको सचिव, ट्राफिक प्रहरी महाशाखा प्रमुख, निजी क्षेत्र र उपभोक्ताको सहभागिता रहने भएकोले सडक प्रतिस्पर्धा कम हुने बताउनु भयो । मेयर साहले सडकमा अहिले देखिएको जामको मुख्य कारण मोटरसाईकल लगायतका दुई पाङग्रे सवारी साधन भएकाले यसको दीर्घकालिन व्यवस्थापनका लागि पनि सबै पक्षहरुबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘सबै सम्बन्धित निकायहरुले सहकार्य गरेर अघि बढाएर यहाँको सडक दुर्घटनालाई न्यूनिकरण गर्न सक्छौं । अव धेरै कारणहरु छन । बाटोको इन्फास्ट्रक्चरको कारणले हुन सक्ला । ट्राफिक म्यानेजमेन्टको कारणले हुन सक्ला । धेरै पक्षहरु छन । त्यसलाई विस्तारै हामीले मिलाउँदै जाने हो । अव एउटा साधारमा रुपमा हेर्दा पनि काठमाडौं महानगरपालिकामा चाहिने भन्दा बढि मोटरसाईकल देख्छौं । यसैकारण धेरै याक्सिडेन्टहरु हुने गरेको छ । सार्वजनिक यातायातहरुले ठाउँमा समयमै नपु¥याएका कारण पनि मोटरसाईकलहरुको संख्या काठमाडौंमा बढन गएको हो । रिङ रोडमा मात्रै हिसाव गर्दाखेरी अहिलेको जस्तो बसको साईज २ सय जति भए पुग्नेमा २ हजार भन्दा पनि बसहरु गुडेका हुन्छन । हामीले एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि होइन कि जाममा बस्नका लागि पैसा तिरिरहेका हुन्छौं । हालै हाम्रो संसदबाट काठमाडौं उपत्यका लागि एउटा यातायात प्राधिकरणको बिल पास भएको छ । जस अन्तरगत चाँही सबैखाले भेहिकल्सहरु एउटै छातामा आएर काम गर्ने जसले गर्दाखेरी कम्पिटीशन रहँदैन । सबैले बराबर सेयर पाउने भएपछि कम्पिटीशन हटछ । रिङ रोडमा २ सय वटा गाडी भए पुग्ने रहेछ । तर हामीले रुट परमिट जतिलाई पनि दिईरहेका छौं । अल बिल पास भएको छ । हामी ट्राफिकसँग पनि सहकार्य गरिरहेका छौं । एक्सिडेन्ट हुने वित्तिकै उपचारका लागि पनि आवश्यक व्यवस्था भईरहेको छ । ती सबै काममा हामीहरु लागि पर्छौं ।’

मेयर शाहले काठमाडौं उपत्यका भित्र हुने सवारी दूर्घटनामा परी घाईते भएकाहरुको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भईरहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?