सञ्चारमन्त्री कार्कीले प्रशासनको दुरुपयोग गरेको भन्दै निर्वाचन आचारसंहीता उल्लंघनको उजुरी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबिरुद्ध निर्वाचन आचारसंहीता उल्लंघनको उजुरी परेको छ ।

गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका सञ्चारमन्त्री कार्कीबिरुद्ध मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ ।

जसपा नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका एमाले सुनसरी क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले मन्त्री कार्की बिरुद्ध आचारसंहीता उल्लंघनको उजुरी दर्ता गराउनुभएको हो ।

सञ्चारमन्त्री कार्कीलाई प्रहरी प्रशानको दुरुपयोग गरेको, चुनावी प्रचारमा धेरै सवारी साधन प्रयोग गरिएको लगायतका आरोप लगाइएको छ । पोखरेलले मन्त्री कार्कीले जनप्रतिनिधिहरुलाई चुनावी प्रचारप्रसारमा समेटेको र सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय मातहतका कर्मचारीहरु समेतलाई चुनावी प्रचारप्रसारमा सामेल गराएकोले उजुरी दिनुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘उहाँले ठाडो आचारसंहीता उल्लंघन गर्नुभएको छ । सरकारको प्रवक्ताले आचारसंहीताको ठाडो उल्लंघन गर्ने अवस्था जुन सिर्जना भएको छ, यो एकदमै लज्जास्पद छ । उहाँले आचारसंहीता पालना नगर्ने हो भने अरुले के गर्ने ? अरु नागरिकले पालना गर्ने कि नगर्ने आचारसंहीता ? उहाँले प्रशासनको दुरुपयोग गर्नुभएको छ । प्रहरी प्रशासन सबै मुकदर्शक भएका छन् । सार्वजनिक बाटोहरु रोकेर मञ्च बनाइएको छ । सभा आयोजना गरिएको छ । ३०/४० वटा लावालस्कर गाडीहरु सरकारी गाडीसहित लावालस्कर लगाएर निर्वाचन आचारसंहीताको धज्जी उडाउने काम भएको छ । जनप्रतिनिधिहरु खुलेआम भोट मागेर हिँडिरहेका छन् । कर्मचारीहरु नेपाली काँग्रेसलाई भोट मागिरहेका छन् ।’

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले प्रतिनिधि सभा सदस्य उम्मेदवार कार्की र स्थानीय निकायका प्रमुखहरुले आचारसंहीता उल्लंघन गरेको उजुरी आफुले प्राप्त गरेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘उजुरीको विस्तृत रुपमा अध्ययन गर्न र अनुसन्धान गर्न बाँकी नै छ । स्थानीय निकायका प्रमुखहरु र उम्मेदवारले आचारसंहीता उल्लंघन गरेको उजुरी छ । अध्ययन गरेर के गर्नुपर्ने ? कुन ढंगले जाने भन्ने गर्छौ ।’

उहाँले उजुरीको विस्तृत रुपमा अध्ययन गर्न बाँकी रहेको भन्दै अध्ययनपछि आवश्यक प्रक्रिया अगाडी बढाइने जानकारी दिनुभयो ।

karki 1

karki 2

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?