लमजुङ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद र प्रतिनिधिसभा नचाहिएको दललाई संसदमा वा प्रतिनिधिसभामा पठाउनुको कुनै औचित्य नरहेको बताउनु भएको छ ।
नेकपा एमालेले पटक पटक संसद भंग गरेर संविधानको चीर हरण गरेको बताउँदै पौडेलले त्यस्ता पार्टीलाई फेरि पनि संसदमा पठाउनु ठूलो भूल हुने बताउनु भयो ।
आइतबार मध्यनेपाल नगरपालिका वडा नम्बर २, सोतिपसलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका केन्द्रीय निर्वाचन परिचालन संयोजकसमेत रहनुभएका नेता पौडेलले एमालेतर्फ लक्षित गर्दै आफूले पाएको बहुमतको दम्भ देखाएर पटक(पटक संविधानको उल्लंघन गर्ने र संसद विघटन गरेर देशलाई अराजकतातर्फ धकेल्ने काम गरेकोले त्यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने समय आएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका नेता पौडेलले अहिलेको अवस्थामा एउटै मात्र पार्टीेको बहुमत हुने अवस्था नभएकोले लोकतान्त्रिक बाम गठबन्धन गरेर आएको बताउनु भयो । देश र संविधान रक्षा गर्नुपर्छ भन्ने शक्ति एक भएर यस्ता लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । ।
गठबन्धन किन भन्ने विषयमा बोल्दै नेता रामचन्द्र पौडेलले भविष्यमा मिलीजुली सरकार गठन गर्नुनै छ भने अहिले मिलेर किन चुनाव नलड्ने भनेर हामी एक भएका हौं भन्दै पाँच दलीय गठबन्धनको साझा एजेण्डा भनेको संविधानको रक्षा गर्नु र देशमा परिवर्तन ल्याएको बताउनु भयो ।
संविधान राष्ट्रको साझा सहमतिको दस्ताबेज भएको उल्लेख गर्दै संविधान बनेपछि त्यसबाट प्राप्त उपलब्धीलाई बचाउनुको साटो नेकपा एमालेले संविधान मिचेर काम गरेकोले त्यस्ता पार्टी र प्रतिनिधिलाई गाउँ गाउँ र जिल्ला जिल्लाबाट परास्त गर्नु आवश्यक रहेको बताउनु भयो । पटक–पटकको परीक्षण नेपाल जस्तो देशले धान्न नसक्ने हुँदा राष्ट्रिय रूपमास्थिरता कायम गरेर उन्नती गर्न पाउनु पर्दछ भन्ने पाँच दलीय गठबन्धनको मुख्य उद्देश्य रहेको बताउनु भयो ।
उहाँले गाउँमै उद्योग व्यवसाय, पर्यटनको विकास, उद्योगधन्दाको विस्तार, गाउँमै रोजगारी र आम्दानीका अवसर खोज्नु पर्दछ भन्ने मुख्य ध्येय रहेकोले सोही अनुसार काम गर्न गठबन्धनलाई जिताउनु पर्ने उहाँको धारणा थियो ।
त्यसको लागि लमजुङबाट गठबन्धनको तर्फबाट प्रतिनिधि सभातर्फ माओबादी केन्द्रका देव प्रसाद गुरुङ र प्रदेश सभा क मा नेपाली काँग्रेसका डा टंकराज गुरुङ र प्रदेश सभा ख मा नेपाली कांग्रेसका भेषबहादुर पौडेललाई आफ्नो अमूल्य मत दिएर विजयी गराउन आग्रहसमेत गर्नुभयो ।
नेता पौडेलले हामी सबैलाई सुशासन चाहिएको छ भन्दै सुशासनको लागि गठबन्धन दृढ रहेको बताउनु भयो। नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेल तनहूँ १ बाट प्रतिनिधि सभा उम्मेदवारसमेत हुनु हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका