काठमाडौं । आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्वाचन आयोगले निर्णय गरेको छ ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाउने निर्णय गरेको हो ।
मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण भएको पाइएमा जफत गर्न समेत गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिने आयोगले निर्णय गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच