पहाडी र हिमाली केही क्षेत्रमा बर्षादेखि हिमपातको संभावना, सावधानी अपनाउन विभागको सुझाव

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

चेतावनी तथा परामर्श
हिमपात सुरु भएसँगै चिसो बढ्न थालेपछि यसबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

‘तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ,’ विभागले भनेको छ ।

हिमपातका कारण पर्वतारोहणमा पनि अवरोध आउन सक्ने विभागको भनाइ छ । पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन विभागको आग्रह छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?