युएईसँग पहिलो पटक नेपालको मैदानमा उत्रदै नेपाल

प्रशिक्षक मनोज प्रभाकर भन्नुहुन्छ - श्रृंखला अवसर हो

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । घरेलु टोली नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज सोमबार पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ ।

नेपाल र यूएई पहिलो पटक नेपालमा खेल्न लागेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकारले युएई सँगको तीन एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला, विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि अनुभव बटुल्ने अवसर भएको बताउनुभएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँगको श्रृंखला अघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षका मनोज प्रभाकारले विश्वकप खेलेर फर्किएको टोली युएईसँग खेल्ने अवसर र चुनौति दुवै रहेको बताउनुभएको हो । प्रशिक्षक प्रभाकारले युवा खेलाडीको बाहुल्यता भएको टोलीले श्रृंखलामा राम्रो प्रदर्शन गर्ने अपेक्षा राख्नुभयो । युएईसँग खेल्न पाउनु लिग–२ को श्रृंखला खेलिरहेको नेपाली टिमका लागि फाइदाजनक रहेको बताउनु भयो । प्रशिक्षक प्रभाकरले नेपाली टोलीको प्रदर्शनमा सुधार भइरहेको भन्दै खुशी व्यक्त पनि गर्नुभयो ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना हुँदैछ । खेलको अघि आयोजना गरिएको पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तानले राम्रो खेलेर श्रृंखला आफ्नो पक्षमा पार्ने बताए । नेपाली टोलीका नवनियुक्त कप्तान रोहितकुमार पौडेलले भर्खरै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटबाट खेलाडीलाई अभ्यास पुगेको भन्दै युएईसँगको खेल राम्रो हुने अपेक्षा राख्नुभयो । विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला अघि विश्वकप खेलेको टोलीसँग अनुभव सगाल्ने राम्रो अवसर भएको उहाँले बताउनुभयो ।

यस्तै युएई टोलीका कप्तान सिपी रिजवानले नेपाल भ्रमण यसअघि पनि गरिरहेको र केही खेलाडीमा नेपालको प्रतियोगितासँग अनुभव भएको भन्दै प्रतिष्पर्धात्मक खेल हुने धारणा राख्नुभयो । उहाँले घरेलु टोलीसँग राम्रो खेलेर श्रृंखलाको उपाधि लगेर जाने खेल अघिको पत्रकार सम्मेलनमा बताउनु भयो ।

भ्रमणकारी युएईसँगको खेलका लागि शुक्रबार क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो । उता युएईले पनि नेपाल भ्रमणका लागि कार्तिक २६ गते नेपाली भूमीमा केही प्रतियोगिता खेलेर अनुभव बटुलेका रोहन मुस्ताफालाई समेट्दै १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको थियो ।

यस्तै क्यानले युएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाका लागि टिकट मूल्य पनि तय गरेको छ । क्यानले सिरिजको टिकट मूल्य २ सय राखेको जनाएको छ । टिकट प्रभु पेबाट किन्न सकिनेछ । नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय श्रृंखला अन्तर्गत सोमवार पहिलो खेल खेल्दैछ । यस्तै दोस्रो खेल बुधवार र तेस्रो खेल शुक्रवार हुने तालिका छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?