इस्तानबुल विस्फोटः मृत्युहुने ६ पुगे, अतिवादी हमला भएको अनुमान

हिमालय टाइम्स
Read Time = 1 min

अंकारा । टर्कीको राजधानी इस्तानबुलको एउटा सडकमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । आइतबार साँझ भएको सो विस्फोटमा ८१ जना घाइते भएका थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

उपराष्ट्रपति फुआत ओक्तेले विस्फोटलाई एक महिलाले गराएको आतंकवादी हमला भएको अनुमान गरिएको बताए । इस्तानबुलमा एक पत्रकार सम्मेलनमा बोल्दै, उनले आक्रमणको निन्दा गर्दै हमलामा ‘आतंकको गन्ध’ आएको बताए ।

न्याय मन्त्री बेकिर बोजडागले विस्फोट हुनुभन्दा केही मिनेटअघि एउटी महिला ४० मिनेटभन्दा बढी समयसम्म विस्फोट क्षेत्रमा रहेका बताए । राष्ट्रपति रेसेप तैयप एर्दोगानले दोषीलाई कारबाही गरिने बताएका छन् ।

विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?