अमेरिकामा मध्यावधि निर्वाचनः सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत

हिमालय टाइम्स
Read Time = 2 mins

न्युयोर्क । निर्णायक राज्य नेभाडामा चुनाव जितेर डेमोक्र्याटिक पार्टीले अमेरिकी सिनेटमा बहुमत हाँसिल गरेको छ ।

रिपब्लिकनहरूले पार्टीको खराब प्रदर्शनको लागि डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् । नेभाडामा क्याथरिन कोर्टेज मास्टोको जितसँगै डेमोक्र्याटिक पार्टीले सिनेटमा ५० सिटसहित बहुमत जुटाउने भएको हो ।

कोर्टेज मास्टोका प्रतिद्वन्द्वी एडम लाक्साल्टलाई ट्रम्पले समर्थन गरेका थिए । ट्रम्पले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार दिने बताएका छन् ।

नतिजाले डेमोक्र्याटलाई रिपब्लिकन भन्दा एक सिट अगाडि राखेको छ । जर्जिया सिनेट सिटको निर्वाचन भने डिसेम्बरमा हुनेछ । । माथिल्लो सदनमा आफ्नो पार्टीको विजयले आफू ‘अपत्यारिलो ढंगले’ खुसी भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

तर, रिपब्लिकनले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमतनजिक छन्, जुन राष्ट्रपतिका लागि ठूलो धक्का हो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?