Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

४३ वर्षमा आमा बनिन् बिपाशा

Read Time = 2 mins
A A- A+

मुम्बई । बलिउड अभिनेत्री बिपाशा बसु ४३ वर्षको उमेरमा आमा बन्नुभएको छ । बासुले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिनुभएको हो । बिपाशाले १२ नोभेम्बरमा छोरीलाई जन्म दिनुभएको थियो । करण सिंह ग्रोवर र बिपाशा लामो समयदेखि यो क्षणको प्रतिक्षामा हुनुहुन्थ्यो । दुवै आफ्नो बच्चालाई लिएर निकै उत्साहित थिए, अन्ततः विवाहको ६ वर्षपछि यी दम्पतीले छोरीलाई जन्म दिनुभएको हो ।

बिपाशाले आफ्नो छोरीको नाम देवी बासु सिंह ग्रोवर राख्नुभएको छ । बच्चाको जन्म हुनुअघि नै बिपाशाले बम्बे टाइम्सलाई दिएको अन्तर्वार्तामा आफ्नो घरमा छोरी होस् भन्ने चाहाना राखेको बताउनुभएको थियो । बिपाशाले यसै वर्षको अगस्टमा आफ्नो गर्भावस्थाको जानकारी फ्यानसँग शेयर गर्नुभएको थियो । त्यसयता उहाँले आफ्नो गर्भावस्थाका दिनका धेरै तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गर्नुभएको थियो ।

बिपाशा र करणको विवाह ३० अप्रिल २०१६ मा भएको थियो । करण र बिपाशाको भेट चलचित्र ‘अलोन’ को सेटमा भएको थियो । केही समय एकअर्कालाई डेट गरेपछि करण र विपाशाले अन्ततः विवाह गर्नुभएको थियो । बिपाशा करणको तेस्रो श्रीमती हुनुहुन्छ । यसअघि करणले टिभी अभिनेत्री जेनिफर विंगेट र श्रद्धा निगमसँग विवाह गर्नुभएको थियो । तर, दुवै टिक्न सकेन । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?