चरम खाद्यान्न संकटको चपेटामा अफगानिस्तान

हिमालय टाइम्स
Read Time = 2 mins

काबुल । अफगानिस्तानमा चरम खाद्यान्न अभाव भएको र सन् २०२२ मा खाद्य असुरक्षा तीव्र बढेको छ, संयुक्तराष्ट्रको खाद्य र कृषि संगठन (एफओए)ले जनाएको छ । एफओएले एक प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

लामो समयसम्मको खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीले २ करोड २८ लाख अफगानीलाई असर गरेको प्रतिवदेनमा उल्लेख छ ।

‘ विस्तारित खडेरी, द्वन्द्व, राजनीतिक अस्थिरताले २ करोड २८ लाख मानिस प्रभावित छन्’, प्रतिवेदनमा भनिएको छ । त्यस्तै, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले पनि अफगानिस्तानको आर्थिक संकटबारे चासो देखाएको छ ।

एक वर्षको आर्थिक कठिनाइ, भूकम्प र बाढी जस्ता वातावरणीय प्रकोपहरूको सामना गरिसकेपछि अफगानी जनता अर्को कठोर जाडो मौसमको लागि पहिलेभन्दा कम तयार रहेको डब्लूएफपीले एक विज्ञप्तिमा उल्लेख गरेको छ । हरेक १० मध्ये ९ घरपरिवारले आफ्नो खाद्यान्न आवश्यकताहरू पूरा गर्न नसकेको पनि डब्लूएफपीले जनाएको छ ।

जनता चार दशक लामो द्वन्द्व, जलवायु जोखिम, कोभिड–१९ लगायतका समस्याबाट गुज्रिरहेको अफगानिस्ता पछिल्ला वर्ष रोजगारी र जीविकोपार्जनबाट वञ्चित भएको डब्लूएफपीले जनाएको छ ।

१५ महिनाअघि तालिवानको सत्तापलटपछि विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायले काबुललाई प्रदान गर्दै आएको सहयोग रोक्का गरेका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?