मेरो प्रतिस्पर्धा गरिबी र अभावसँग हो अरु कुनै संग होईनः उम्मेदवार जिसी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । पाँच दलीय गठबन्धनबाट गुल्मी-२ (ख) का उम्मेदवार एवम् नेकपा माओवादी केन्द्र, गुल्मीका संयोजक बुद्धि जिसीले आफ्नो प्रतिस्पर्धा गरिबी र अभावसँग रहेको वताउनु भयो । मदाने गाउँपालिका-४ म्यालपोखरीमा भएकोे चुनावी कार्यक्रममा बोल्दै नेता जिसीले यस क्षेत्रमा गरिबी, अभाव, अशिक्षा लगायतका बिषयसँग मात्रै आफुले प्रतिस्पर्धा गरिरहेको बताउनु भयो ।

धेरैले पूर्व सहयोद्वाबीच प्रतिस्पर्धा हुँदैछ भन्नुभएको छ, तर अरू कुनै पार्टीको उम्मेदवार मेरो प्रतिस्पर्धी नै होइनन् । नेता जिसीले भन्नुभयो कोही प्रतिस्पर्धी छ भने गरिबी र अभाव हो, हामी त्यसैकाबिरूद्व जुधिरहेका छौ । निर्वाचित भइसकेपछि आफुहरूले सडक, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका बिषयमा योजनाबद्व ढंगले विकास गर्ने उहाँकाे भनाई छ ।

उहाँले गठबन्धन विजयी भएपछि सडक पिच, ग्राभेल लगायतका थुप्रै योजना अगाडि बढाएको भन्दै नेता जिसीले तिब्र विकासका लागि प्रदेश र संघमा पनि गठबन्धनलाई विजयी बनाउनु आवश्यक रहेकोसमेत बताउनु भयो।

जिसीले हिमालयटाईम्स संग कुरागर्दै उहाँले भन्नुभयाे- ‘यसभन्दा अगाडी पाँच बर्षको लागि जिताएको माननियले बिचैमा जनमतको अपमान गरी सासंद पद समेत त्याग्नुभएको छ । मैले पाँच बर्षसम्म जनताको शिर उचोँ हुने गरी काम गर्छु ।’ आफुले बाेलेकाे कुरा लागु गरेर छाड्ने जिसीकाे भनाई छ । जिसी संग एमालेका तर्फबाट दिनेश पन्थीले उम्मेदवारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?