मेरो उम्मेदवारी राजनीतिक दलविरुद्ध हाेः स्वतन्त्र उम्मेदवार असलम

हिमालय टाइम्स
Read Time = 2 mins

भैरहवा । रुपन्देही १ (ख) उम्मेदवार असलम खानले राजनीतिक दलबाट खासै विकास नभएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभएको छ । भैरहवामा सञ्चारकर्मीहरूसँगको छलफलमा उहाँले १५ वर्षदेखि राजनीतिमा लागे पनि पछिल्लो ६ महिनादेखि कुनै पार्टीमा नरही स्वतन्त्र रूपमा रहेको र अब कुनै पार्टीमा नरहने बताउनुभयो ।

ठूल्ठूला पार्टीका उम्मेदवारले जितेर गए पनि कुनै विकास नभएको र जनताको जीवनस्रर माथि नउठेकाले आफू स्वतन्त्र उम्मेदवार बनेको उहाँको भनाइ थियो । ‘जनताले निर्वाचित गरेर पठाए पनि विकास देखिने गरी नभएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएको छु । घरदैलोमा पनि जनता पक्षमा देखिएका छन् , सकारात्मक छन् । नतिजा पक्षमै आउने लाग्छ,’ असलमले भन्नुभयाे ।

जसपाको युवा संगठन समाजवादी युवा संघको केन्द्रीय उपाध्यक्ष भइसक्नु भएका उहाँले भ्रष्टाचारलाई नियन्त्रण गर्न र समाजको उत्थानकै लागि लागिपर्ने बताउनुभयाे । ‘दलहरूले व्यक्तिगत स्वार्थका लागि तालमेल र गठबन्धन गरेर जनतालाई फेरि भ्रमित पार्ने काम दोहोर्‍याइरहेका छन्, अहिले जनता जागरुक भएकाले मतदाताहरूले विश्वास गरेर मत दिइनु नै मेरो जित्ने आधार हो,’ उहाँले भन्नुभयाे ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?