घरदैलाेकाे लागि गाउँघरमै ब्यस्त भोजपुरका उम्मेदवार

हिमालय टाइम्स
Read Time = 5 mins

-निराेज काेइराला

भोजपुर । प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिदै गर्दा प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरका उम्मेदवारहरु भने गाउँघरमा नै ब्यस्त देखिएका छन ।

सदरमुकाम र आसपासमा भन्दा पनि अहिले दलका साथै स्वतन्त्ररुपमा निर्वाचनमा होमिएका उम्मेदवारहरु आफ्ना भावी चुनावी एजेण्डासहित गाउँघर डुली रहेका छन । भोजपुरमा प्रतिनिधिसभा सदस्यका लागि १२ जना, प्रदेशसभा (क) का लागि ७ जना र प्रदेशसभा (ख) मा ६ जना गरी २५ जनाले उम्मेदवारी दिएका छन । प्रतिनिधिसभाका लागि भोजपुरमा गठवन्धन दलले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदन किराती, एमालेले स्थायी कमिटि सदस्य शेरधन राई, नेपालका लागि नेपाली पार्टीबाट डा.सुरेश बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनका चन्द्र प्रसाद राई, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका ऋषिधन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जितेन्द्र घले, जनता समाजबादी पार्टीका ध्रुव छाङछा दुमिहाङ राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सनम छिरिङ शेर्पा, हाम्रो नेपाली पार्टीका रमेश प्रसाद ओझा र स्वतन्त्रबाट शक्तिराज राई, महेश योञ्जन, दिलिप कुमार खतिवडा चुनावी प्रतिस्पर्धामा छन ।

यस्तै प्रदेशसभा (क) तर्फ गठवन्धनबाट नेकपा (एकीकृत समाजवादी) का सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई, एमालेबाट केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हरि बहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टी फूर्वा दोर्ची शेर्पा, मंगोल नेशनल अर्गनाइजेसन अनिल राई, हाम्रो नेपाली पार्टी लक्ष्मीप्रसाद अधिकारी, जनता समाजवादी पार्टी मणीराज राई छन । स्वतन्त्रबाट उम्मेदवार बनेका कांग्रेसका उत्तम कुमार चापागाईले भने आफु निस्कृय हुदै गठवन्धन दलका उम्मेदवारलाई समर्थन गरेका छन ।

यता प्रदेशसभा (ख) तर्फ गठवन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति बिनोद राई, एमालेबाट प्रदेश कमिटि सदस्य खडगबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टी केशरबहादुर श्रेष्ठ, हाम्रो नेपाली पार्टी भरत कुमार ताम्राकार, जनता समाजवादी पार्टीबाट आश कुमार राई चुनावी प्रतिस्पर्धामा छन भने कांग्रेसबाट स्वतन्त्र उम्मेदवार बनेका सूर्य प्रसाद राईले आफु निस्कृय हुदै गठवन्धन दलका उम्मेदवारलाई सहयोग गर्ने उल्लेख गर्नुभएकाे छ ।

निर्वाचनमा उम्मेदवारसहित अन्य नेता कार्यकर्ताहरु आफनो पक्षमा मतदाता तान्नका लागि अहिले मतदाताको घरदैलोका साथै खेतवारीमा समेत पुगी रहेका छन । मतदाता खुशी बनाउन सवैले आ-आफ्ना भावी एजेण्डाहरु अघि सारेका छन । प्रमुखरूपमा स्वास्थ्य, शिक्षा, रोजगार, सडकलगायत बिषयहरु उम्मेदवारका चुनावी एजेण्डा बनेका छन ।

भोजपुरमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख २३ हजार तीन सय ७९ जना मतदाता सहभागि हुने छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ८७ वटा मतदात स्थल र एक सय ५७ वटा मतदान केन्द्र कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?