संसदको पहिलो बैठकमा भ्रष्टाचार बिरुद्धको संकल्प प्रस्ताव दर्ता गर्छु : सुर्यबंशी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । पाँच दलिय सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधी सभा उम्मेदवार केशव सुर्यबंशीले आफु बिजयी बनेर संसदमा पुगेको दिन भ्रष्टाचार बिरुद्धको संकल्प प्रस्ताव दर्ता गर्ने वताउनु भएको छ । मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम नगरी दिगो शान्ति र समृद्धि संभव नहुने कुरा उल्लेख गर्दै उम्मेदवार सुर्यबंशीले यसअघि जितेर जाने नेताहरु भ्रष्टाचारमा लिप्त भएकै कारण मुलुक अधोगति तर्फ उन्मुख गएको दावी गर्नु भएको छ।

उहाँले भन्नुभयो—मैले जितेर संसद भवन पुगें भने मेरो पहिलो कदम पहिलो दिनमै भ्रष्टाचार बिरुद्धको संकल्प प्रस्ताव दर्ता गर्नेछु र चुनाव जितेर संसदमा पुग्नेहरुले भ्रष्टाचार बिरुद्धको कसम खाएर मात्र बैठकमा बस्ने ब्यबस्था मिलाउन प्रयास गर्ने छु । मेरो दोश्रो प्रयास बेरोजगारीको अन्त्यका लागि हुने छ । तेश्रो कदम कृषि क्रान्तिका लागि पनि संकल्प प्रस्ताव दर्ता गर्ने छु । कृषि क्षेत्रको प्रभावकारी बिकास बिना सवल अर्थतन्त्रको बिकास नहुने उम्मेदवार सुर्यबंशीको जिकिर रहेको छ ।

रुपन्देही २ बाट प्रतिनिधी सभामा उम्मेदवार बन्नुभएका सुर्यबंशीले बुटवल १२ तामनगरमा घरदैलो कार्यक्रमपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै मुलुकलाई औद्योगिक क्रान्तिमार्फत आर्थिक विकास गरि बेराजगारीको अन्त्य गरेर मात्र दिगो बिकास र समृद्धि संभव भएको कुरा उल्लेख गर्नु भएको छ ।

देशको युवाशक्ति पलायन भैरहेको बारे यसअघि सत्तामा बस्नेहरुले यसलाई रोक्न कुनै प्रयास नगरेको भन्दै सुर्यबंशीले श्रमशक्ति बेचेर कुनैपनि देश धनि नहुने ठोकुवा समेत गर्नु भयो । यी तमाम समस्याको समाधानका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उहाँले आग्रह समेत गर्नु भएको छ ।

प्रदेश सभा सदस्य पदका उम्मेदवार बामदेव क्षेत्री घिमिरेले उत्पादकत्व बृद्धि गरि आर्थिक बिकास र कृषि क्रान्तिबाट नै समृद्धिको मार्गदिशा तय गर्न सकिने वताउनु भएको छ । उद्योग र पर्यटनको बिकासबाट नै लुम्बिनी प्रदेश समृद्धिको दिशातर्फ अग्रसर हुने कुरामा जोड दिँदै प्रदेश योजना आयोगका पुर्व उपाध्यक्ष समेत रहेका क्षेत्रीले दिर्घकालिन सोंचसहित गरिबी निवारण र बेरोजगारीको अन्त्य गर्ने कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो । यसका लागि नेपाली काँग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने उहाँको भनाई थियो ।

सो अवसरमा नेपाली काँग्रेस क्षेत्रिय सचिव परमानन्द भट्टराई, नगर उपसभापति ज्योती भण्डारी, सचिव गंगा पन्थी, बुटवलका १२ का सभापति धर्म आचार्य लगायतले दिगो शान्ति, राजनैतिक स्थिरता र बिकासका लागि गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्दै भ्रष्टाचार र कुशासनका मतियारहरुलाई मंसिर ४ गतेको निर्वाचन मार्फत जरैदेखि उचालेर फाल्नु पर्ने आवश्यत्ता रहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?