पाल्पामा राप्रपाका उम्मेदवार काँग्रेसमा प्रवेश

Read Time = 3 mins

-रामचन्द्र रायमाझी

पाल्पा । आसन्न मसिंर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नम्वर २ बाट उम्मेदवार दिनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का जिल्ला अध्यक्ष खडानन्द गैरे नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि मत माग्दै घरलैलो अभियानमा सक्रिय रहँदै आउनुुभएका गैरे आइतबार काँग्रेस प्रवेश गर्नुभएको हो ।

लामो समय राप्रपाको राजनीतिमा सक्रिय हुँदै आउनुुभएका उहाँले एक विज्ञप्ती जारी गर्दै राप्रपा पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको घोषणा गर्नुभएको छ ।

नेपाली काँग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसाथ गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको उहाँले बताउनुभयो । ‘राप्रपा सदाका लागि परित्याग गर्दै आजैको मितिदेखि मेरो उम्मेदवारी निष्क्रिय रहेको र काँग्रेससँगको सहकार्यमा आगामी निर्वाचनमा उम्मेदवार बनेका सत्ता गठबन्धन दलका उम्मेदवारलाई मेरो पूर्ण समर्थन र सहयोग रहने छ’ विज्ञप्तीमा भनिएको छ ।

निर्वाचनको संघारमा राप्रपासहित अन्य पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्ने क्रमले आगामी निर्वाचनमा गठबन्धनलाई फाइदा पुग्नेछ । गैरेलाई नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसको सदस्यता हस्तान्तरण गर्नुभएको छ ।

उहाँले पार्टीमा नेता गैरेलाई स्वागत गर्दै पार्टीमा उचित स्थान दिने बताउनुुभएको छ । सभापति श्रेष्ठले देशको विकास र जनताको सुख समृद्धिका लागि काम गर्ने पार्टी नै नेपाली काँग्रेस भएकाले यसै पार्टीको झण्डामुनि रहेर जनताको सेवा गर्न गैरेले लिएको निर्णय सही भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?