प्रधानमन्त्री देउवा र प्रचण्डले भोलि नवलपरासीको चुनावी सभालाई सम्बोधन गर्ने

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि बर्दघाटमा आउनुहुने भएको छ ।

नेपाली काङ्ग्रेस नवलपरासी क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी सभालाई प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ क्षेत्रीय सभापति मुकुलकुमार आचार्यले बताउनु भयो ।

आमसभा बर्दघाटको चौपता रहेको खेल मैदानमा हुने आचार्यले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?