ग्रिनफिल्ड र इबिए सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (इबिए) आठौँ रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ग्रिनफिल्डले सिर्जना ज्ञान सागरलाई १५-२ ले पराजित गर्‍यो । ग्रिनफिल्डको जितमा पुजन उप्रेतीले नौ अंकको योगदान गर्नुभयो । शाश्वत कार्कीको १० अंकको सहयोगमा इबिएले आयोजक रेडिअन्ट पब्लिकलाई १४-१० ले हरायो ।

जुनियर ब्वाइजमै युनिकले महामञ्जुश्रीलाई १५-११ तथा स्किब्सले भ्याली भ्युलाई ११–६ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । युनिकका सवल राई तथा स्किब्सका सोहन ठकुरीले समान आठ-आठ स्कोर गर्नुभयो ।

सिनियर ब्वाइजमा जेनिथ, डिफेन्डिङ च्याम्पियन निम्स, एचएचसिए र ओसिस सेमिफाइनलमा पुगे । जेनिथले पुष्पसदनलाई ३९-३२, निम्सले आयोजक रेडिअन्टलाई ४३-३६, एचएचसीएले काठमाडौं जेभियरलाई ४१-३७ र ओसिसले ग्रिनफिल्डलाई ५९-५५ ले पन्छाए । जेनिथका सुशील शाहीले १८, निम्सका सरोज लामिछानेले १०, एचएचसिएका डेविड राईले ११ र ओसिसका सुरेश रोकाले २६ अंक जोड्नुभयो ।

सिनियर गल्र्समा संस्कृतिले लोक आदर्शलाई २५-४ ले निराश पार्दै साबिक विजेता आयोजक रेडिअन्टसँग सेमिफाइनल भेट पक्का ग¥यो । संस्कृतिकी निसी महतले सात स्कोर गर्नुभयो । अर्को सेमिफाइनल डिफेन्डिङ च्याम्पियन निम्स र न्यु भिजन एकेडेमीबीच हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?