मनाङलाई केटिएम सिटीको साथ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग टोली मनाङ मस्र्याङ्दी क्लबले किट प्रायोजकका रूपमा नेपाली ब्राण्ड केटिएम सिटीसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ । झण्डै दुई महिनापछि सुरु हुने ‘ए’ डिभिजन लिग खेल्ने तयारीमा रहेको मनाङले शेर्पा आउटडोरको केटिएम सिटीसँग दुई वर्षका लागि सम्झौता नवीकरण गरेको हो ।

मनाङका महासचिव तेन्जिङ गुरुङ र केटिएम सिटीका सिइओ निमा नोर्बु शेर्पाले आइतबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

गत वर्ष पनि केटिएम सिटीले मनाङको किट प्रायोजन गरेको थियो । यसपटकको सम्झौता अवधि दुई वर्षको रहने बताइएको छ । मनाङले भाग लिने सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा केटिएम सिटीको किट प्रयोग गर्नेछ ।

मनाङले सर्वाधिक आठपटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । यसपटक लिग पुस २६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?