Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

नाट्य महोत्सवमा विशेष अतिथिका रूपमा आउँदै शबाना आजमी

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । भारतकी प्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शवाना आजमी नेपाल आउनुहुने भएको छ । उहाँ दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिका रूपमा सहभागी हुन काठमाडौं आउन लाग्नुभएको हो । महोत्सवका लागि मंसिर ९ गते हुने उद्घाटन समारोहमा उपस्थित हुने अभिनेत्री आजमीले १० गते रंगमञ्च र अभिनयबारे ‘मास्टर क्लास’ पनि सञ्चालन गर्ने आयोजक मण्डला थिएटरले जानकारी दिएको छ ।

मास्टरक्लास महोत्सवको दोस्रो दिन १० गते साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ । साथै अभिनेत्री आजमीले महोत्सवले आहृवान गरेको ‘इनोभेटिभ आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकका तर्फबाट पुरस्कृत पनि गर्नेछिन् । मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा देश-विदेशका २२ नाटकको सहभागिता हुनेछ । महोत्सवमा नेपाल, भारत, भुटान, श्रीलंका रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश हुनेछन् ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?