नेपाल्स सिंगिङ सुपरस्टार ब्याटल अफ द स्टार्सको उपाधि राजेशलाई

Read Time = 1 min

काठमाडौं । राजेश राईले सिंगिङ सुपरस्टारको पहिलो सिजनको उपाधि चुम्नुभएको छ । भ्वाइस स्टार नेपाल लिमिटेडले निर्माणगरी ईमेज च्यानलबाट प्रसारण भइरहेको सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार ब्याटल अफ द स्टार्स’को आइतबार भएको फिनालेमा प्रथम भई राईले २० लाख नगद र म्युजिक नेपालसँग सम्झौतालगायत पुरस्कार जित्न सफल हुनुभएको छ ।

फिनालेमा फष्ट रनर अप नामगेल लामा र सेकेण्ड रनर अप दीपक सापकोटा हुनुभयो । कार्यक्रम हरेक आइतबार र सोमबार साँझ ईमेज च्यानलबाट प्रसारण हुँदै आएको थियो । फिनालेमा प्रतियोगीहरूले विशेष सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए भने फिनालेको पनि ईमेज च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?