सेयर बजारमा दोहोरो अंकको वृद्धि

Read Time = 2 mins

काठमाडौं । विगत केही दिनदेखि निरन्तररूपमा घटेको सेयर बजार सोमबार भने दोहोरो अंकले बढेको छ । यस दिन २१.२६ अंकले बढेर १९०४.४३ अंकमा पुगेको हो । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४.५० अंकले बढेर ३७५.०३ अंकमा पुगेको छ । कुल दुई सय २६ कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता सेयर ९४ करोड ६० लाख ८९ हजार पाँच सय २१ रुपैयाँमा कारोबार भएको हो । जुन आइतबारको तुलनामा १७ करोड ११ लाखले बढी हो । १३ समूहगत सूचकमध्ये सबै समूह बढेका छन् भने उत्पादन तथा प्रशोधनमूलक इन्डेक्स सबैभन्दा धेरै ३.१३ प्रतिशतले बढेको छ । फाइनान्स, अन्य, विकास बैंक, होटलको सूचक दुई प्रतिशतभन्दा धेरैले बढेको छ ।

शिवम् सिमेन्टको सर्वाधिक १० करोड ९६ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने हिमालयन डिष्टिलरी ८.९९ करोड, ङादी ग्रुप पावर ७.८३ करोड, गोर्खाज फाइनान्स २.५३ करोड र नेष्डो समृद्ध लघुवित्तको २.४७ करोडको सेयर कारोबार भएको छ ।

तारागाउँ रिजेन्सी होटलको सेयर सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंक ८.३९, बुद्धभूमि नेपाल हाइड्रोपावर ७.२९, रिभल फल्स पावर ७.२५ र लिवर्टी इनर्जीको सेयरमूल्य ६.६७ प्रतिशतले बढेको छ । तर, लक्ष्मी इक्विटी फन्डको इकाईमूल्य सबैभन्दा धेरै ६.५८ प्रतिशतले घटेको छ । ङादी ग्रुप पावर ५.२० प्रतिशत, मन्दाकिनी हाइड्रोपावर ३.२० प्रतिशत, सिंगटी हाइड्रोपावर २.९५ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को इकाईमूल्य १.९९ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?