काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले डोटीमा भूकम्पपीडितलाई खाद्यान्नलगायतका राहत सामग्री प्रदान गरेको छ । एनआरएनएको सहयोग तथा कैलाली उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्पपीडितलाई राहत सामग्री वितरण गरिएको हो ।
यही कात्तिक १३ गते डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रबिन्दु बनाई आएको भूकम्पका कारण घर भत्किँदा छजनाको मृत्यु, आठजना घाइते, २८ घरपरिवार विस्थापित भएका थिए ।
जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् भूकम्पपीडितलाई साढे तीन लाखभन्दा बढीको राहत सामग्री सहयोग गरिएको हो र बाँकी अन्य ठाउँमा वितरण गर्ने कार्य जारी रहेको एनआरएनएले जनाएको छ ।
एनआरएनएका अनुसार डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका प्रदेश महासचिवलाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच