वार्षिकोत्सवका अवसरमा ब्याडमिन्टन प्रतियोगिता

Read Time = 1 min

काठमाडौं । नेपाल बैंकले ८६औँ वार्षिकोत्सवका अवसरमा काठमाडौं उपत्यकाभित्रका शाखामा कार्यरत कर्मचारीबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । बैंकले कात्तिक २५ र २६ गते ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा पुरुष सिंगलतर्फ विष्णुहरि न्यौपाने र महिला सिंगलतर्फ रूपा महर्जन प्रथम, पुरुष डबलमा बाबुरत्न महर्जन एवं मनोज महर्जनको समूह प्रथम र महिला डबलतर्फ रूपा महर्जन एवं सविना थापाको समूह प्रथम भएको बैंकले जनाएको छ ।

त्यस्तै, दोस्रो स्थानमा पुरुष सिंगलतर्फ धु्रव दाहाल र महिला सिंगलतर्फ सविना थापा, पुरुष डबलमा गोविन्द सुवेदी एवं ध्रुव दाहाल समूह र महिला डबलतर्फ बन्दना शर्मा एवं विद्या धिताल समूह रहेको थियो । प्रतियोगिता उद्घाटन नेपाल बैंकका सञ्चालक समिति सदस्य विवेक राणाले गर्नुभएको थियो । बैंक यही कात्तिक ३० गते ८६औँ वर्षमा प्रवेश गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?