नेपाल-चीन उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

Read Time = 2 mins

काठमाडौं । नेपाल-चीन उद्योग वाणिज्य संघको २३औँ वार्षिक साधारणसभाले त्रिभुवनधर तुलाधरलाई अध्यक्षमा पुनः निर्वाचित गरेको छ । हालै काठमाडौंमा सम्पन्न साधारणसभाले तुलाधरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

निवर्तमान अध्यक्षमा राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा राजुबाबु श्रेष्ठ तथा उपाध्यक्षद्वयमा महेश्वर श्रेष्ठ र महेश शर्मा ढकाल हुनुहुन्छ भने महासचिवमा विवेक पौडेल, कोषाध्यक्षमा विजय मुल्मी, सचिवद्वयमा निरञ्जन तिवारी र रुक्मिणी पौडेल रहनुभएको संघले जनाएको छ ।

सदस्यमा विजय श्रेष्ठ, विक्रम पाण्डे, ज्ञानेन्द्ररत्न तुलाधर, हेमन्त अग्रवाल, हृवाङ इर्डोङ, कुमार दाहाल र पवित्र घर्ती मगर, पासाङ नुर्बु, पशुपतिभक्त श्रेष्ठ, रमेश शेर्पा, शितल शर्मा, स्कन्द अमात्य, सोवित उप्रेती, सिन चेन चेन, यमुना श्रेष्ठ र झाङ साओई निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष तुलाधरले नेपालको बढ्दो व्यापारघाटा कम गर्दै पर्यटन तथा लगानी प्रवद्र्धनका क्षेत्रमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?