लक्ष्मी बैंकको विश्वकप अफर

Read Time = 2 mins

काठमाडौं । लक्ष्मी बैंकले फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै नयाँ योजना ‘सेभ लाइक अ च्याम्पियन’ (बचत गरौँ, च्याम्पियन बनौँ) ल्याएको छ । विश्वकै सबैभन्दा ठूलो खेल मेला फिफा विश्वकपको दिनगन्ती सुरु भइसकेको छ र फुटबल पारखी नेपाली प्रशंसकहरू हरियो मैदानमा देखिने जादुमयी खेलको प्रत्यक्षदर्शी बन्न आतुर छन् ।

प्रतियोगितालाई उत्सवका रूपमा मनाउने क्रममा लक्ष्मी बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्न गरिने बचाउ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ यस्तो बचत योजना ल्याएको जनाएको छ ।

अभियानने वर्तमान र भविष्यका दुवै पुस्ताको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावना प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको बैंकले उल्लेख गरेको छ । बचत अभियान नोभेम्बर २० देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुनेछ । सो अवधिमा बचत गर्ने निश्चित बचतकर्तालाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रिन बैंकिङ प्याकेज र खुत्रुक्केलगायतका आकर्षक उपहार प्रदान गरिने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?