हुम्लाका १८ कैदीबन्दीले मतदान गर्न पाउने

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हुम्ला कारागारमा रहेको थुनुवा तथा कैदीले पनि मतदान गर्न पाउने भएका छन् । सदरमुकाम सिमकोटमा रहेको कारागारका १८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् । उनीहरूका लागि कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरेर मतदान गर्न पाउने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो ।

मतदाता नामावली ऐन, २०७३ अनुसार सरकारी कर्मचारी, ब्यारेकमा रहेका सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारीले प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक निर्वाचनमा मतदान गर्न पाउने उल्लेख छ । सोहीअनुसार त्यसका लागि कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरी मतदान गर्न पाउने व्यवस्था गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले बताएको हो । कारागारमा रहेका सबै कैदीबन्दीहरू १८ वर्ष माथिका रहनुका साथै उनीहरूले प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा मतदान गर्न पाउने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?