चुनावी चहलपहलले रोक्न नसकेको युवाको लस्कर

डा. डीआर उपाध्याय
Read Time = 14 mins

देश चुनवी महासंग्राममा होमिएका छ । अब मतदानको मिति निजिकिँदै जाँदा दलका कार्यकर्ता र नेताहरू आफ्ना पक्षमा मत तान्नका लागि अन्तिम कसरतमा छन् । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा रहेको र लगभग सम्पूर्ण तयारी भइसकेको निर्वाचन आयोगले जनाएको छ । यो चुनवामा कसले बाजी मार्ने हुन्, कुन दलले सबैभन्दा बढी सिट प्राप्त गर्ने हो त्यो त चुनावपछिको मतपरिणामले जाहेर नै गर्ने छ तर अहिले भने आफ्नो पक्षमा बहुमत आउने नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूले दाबी गर्दै आएका छन् ।

यस्तै नेकपा माओवादी, नेकपा समाजवादी, राप्रपा र जसपाले आफू यसपालिको चुनावमा निर्णायक पार्टी हुने दाबी गर्दैआएका छन् । यसपालिको निर्वाचनमा केही नयाँ दल र स्वतन्त्रहरूको पनि उभार आएको छ । नयाँ दल र स्वतन्त्रहरूमाथि मतदाताले कतिको भरोसा गर्ने हुन् र आफ्नो मत जाहेर गर्ने हुन् त्यो भने गर्भमै रहेको छ । तरपनि स्थानीय निर्वाचनमा स्वतन्त्रको चर्चा र केही स्थानमा विजयीले यसपालिको निर्वाचनमा पनि केही अनपेक्षित मत परिणाम आउने विश्लेषण गर्न सकिन्छ । वितगदेखिका दलहरू पनि मतदाताको तीब्र असन्तुष्टि छ यसले पनि पुराना दलहरूले सोचे जस्तो अवस्था भने छैन । मतदाताले परिवर्तनको चाह राखेको पाइन्छ । फेरि पनि हाम्रो जस्तो देशमा विभिन्न प्रलोभन अर्थात साम, दाम दण्ड भेदमा ठूला दल अग्रसर देखिन्छन् आफ्नो पक्षमा मत परिणाम पार्नका लागि । जबसम्म मतदाता आफैँ सचेत भएर परिवर्तनको विकुल फुक्दैनन् तबसम्म यस्ता कुराले प्रश्रय पाइरहने निश्चित नै छ ।

राजनीतिक दलले हरेकपटकको निर्वाचन अगाडि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने लोकप्रिय घोषणा गर्छन् तर चुनावपछि यो विषय सधैँ ओझेलमा पर्ने गर्छन् । चुनावताका गरेका वाचा भुल्छन् । दलहरू आपसी खिचातानी र सत्ताको छिनाझप्टीमा रमाउने गर्छन् ।

देश एकातिर चुनावी महासंग्राममा छ पार्टीहरू आफ्नो भएर भरको बल लगाएर चुनावी मैदानमा छन् । तर, ठूलो संख्यामा रहेका युवा मतदातालाई यो माहौलले तान्न सकेको भने देखिँदैन । रोजीरोटीका लागि हरेक दिन भारत पस्ने सयौंको संख्यामा युवाको लर्को छ भने हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा खाडीलगायत देशमा जाने युवा पनि त्यतिकै देखिन्छन् । यस्तै चुनावी चहलपहलले रोक्न नसकेको युवाको लस्कर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका नाकामा दिनहुँ देख्न सकिन्छ । निर्वाचनको मुखमा देशका सशक्त युवा तथा मतदाता भने रोजगारीको खोजीमा विदेशिन बाध्य हुनु हाम्रो विडम्बना नै हो । राजनीतिक दलले हरेकपटकको निर्वाचन अगाडि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने लोकप्रिय घोषणा गर्छन् तर चुनावपछि यो विषय सधैँ ओझेलमा पर्ने गर्छन् । चुनावताका गरेका वाचा भुल्छन् । दलहरू आपसी खिचातानी र सत्ताको छिनाझप्टीमा रमाउने गर्छन् । कसरी कताबाट कमाइ हुन्छ भन्ने दाउमा मात्र लाग्ने गरेको विगतमा देखिँदै आएको तीतो सत्य हो ।

त्यसैले नेपाली युवा रोजी रोटीको जोहो गर्न छिमेकी देश भारत र खाडीमा पसिना बगाउन बाध्य छन् । मतदान गर्ने दिन नजिकिए पनि रोजगारीका लागि विदेश जानेको लाइन भने कम छैन । करिब ५० लाख नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । गाउँघरमा युवायुवतीको संख्या निकै कम छ । ज्येष्ठ नागरिकको बाहुल्य छ । यत्रो युवा जनशक्तिलाई बाहिर राखेर गरिएको निर्वाचनले हामीलाई गिज्जाइरहेको छैन र ? फेरि हाम्रो विडम्बना के छ भने युवा जनशक्तिलाई स्वदेशमै लगाउने कुनै दीर्घकालीन योजना छैन । भएका कलकारखाना बन्द छन् भने नयाँ खोल्न सकेको अवस्था छैन । हरेक वर्ष पाँच लाख रोजगारीका लागि तयार हुँदा त्यसको व्यवस्थापनामा सरकारले कुनै योजना ल्याउन सकेको छैन । बाध्य भएर युवा आफ्नो सुनौलो भविष्यको खोजीमा बाहिर बाध्य छन् । कूल जनसंख्याको ४० प्रतिशतभन्दा बढी युवाहरू रहेको हाम्रो देशमा यो जनशक्तिलाई आफ्नै देशमा लगाएर विकासको मूल फुटाउनुपर्नेमा हामी उनीहरूलाई सस्तोमा अन्तर्राष्ट्रिय श्रम बजारमा धकेलिरहेका छन् । कतिसम्म भने दलका नेताहरूले चुनावीसभामा भाषण गर्दा नै ‘विना पैसा विदेश पठाइदिन्छौँ’ भन्ने गर्छन् । यसभन्दा ठूलो विडम्बना के हुन सक्छ । यस्तो नेतृत्वबाट यो देशको समृद्धिको आशा कसरी गर्ने ? गम्भीर भएर सचेत नागरिकले सोच्ने बेला आएको छ ।

विश्व युवा विकास सूचकांक २०२० अनुसार ०.८७५ स्कोरका साथ सिंगापुर पहिलो स्थानमा छ भने चाड ०.३९८ स्कोरका साथ अन्तिम स्थानमा छ । यस सूचकांकमा नेपाल भने ०.६८९ स्कोरका साथ ९४औं स्थानमा छ । नेपालको सामथ्र्यको चर्चा गर्दा यहाँको युवाशक्तिलाई प्राथमिकतापूर्वक उल्लेख गर्ने गरिन्छ । देशको जनसंख्याको ठूलो हिस्सा युवा हुनुलाई नीति निर्माताहरू जनसांख्यिक लाभको रूपमा व्याख्या गर्ने गर्छन् । भाषणबाजी र नीतिगत छलफलमा युवाशक्तिलाई प्राथमिकतामा राखे पनि युवालाई अवसर दिन भने देशले कुनै नीति, नियम बनाएको छैन र पहल गरेको पाइँदैन । जीवनको सबैभन्दा ऊर्जाशील समय भए पनि नेपाली युवाहरूको सबैभन्दा ठूलो समस्या बेरोजगारी तथा अर्धबेरोजगारी भएको छ । त्यसैले सस्दोमा विदेशमा पसिना बगाउन बाध्य छन् । देशको सामथ्र्यको रूपमा रहेको युवाशक्तिको महत्व देशले बुझ्न सकेको पाइँदैन । जुन देशले आफ्नो देशको युवाशक्तिको सामथ्र्यलाई बुझ्न सक्दैन, विदेश पठाएर तिनीहरूले पठाएको सीमित रेमिट्यान्समा रमाउँछ त्यो देशले कहिल्यै प्रगति गर्न सक्दैन । यसलाई रोक्नु जरुरी छ । हामीकहाँ नीतिगत तहमा युवाका मुद्दालाई सही रूपमा उठाइएको छैन र युवाको समस्या समाधानमा सरकार गम्भीर देखिँदैन । राजनीतिक दलहरूले पनि युवा प्रतिनिधित्व र राजनीतिमा युवालाई अवसर दिन कञ्जुस्याइँ गरेको पाइन्छ । यो हाम्रो विडम्बनै हो । प्रखर बुद्धिवालादेखि जुझारुसम्मका युवाको ठूलो संख्या विदेशिएको र विदेशिने मानसिकतामा रहेकाले यस्ता दुष्टकृत्यहरूको यथोचित समीक्षासमेत हुन सकेको छैन ।

यद्यपि विद्यमान युवाशक्तिले आफ्नो क्षमता अनुसार यसको प्रतिरोध गरिरहेको छ । अमेरिका, जापान, अष्टे«लिया, संयुक्त अधिराज्य, फ्रान्स, खाडी राष्ट्रमा गएको युवाशक्तिको अभाव यी परिस्थिति र प्रसंगमा जोसुकैलाई खट्किन सक्छ । सामाजिक सञ्जालमा उनीहरूबाट आउने गरेका आक्रोशपूर्ण अभिव्यक्तिले देशको अमनचैनमा कतैबाट पनि प्रहार हुँदा उनीहरूलाई पिरोल्ने गरेको स्पष्ट छ । समय-समय ती युवालाई आफूहरू स्वदेशमा नभएकोमा पछुतो पनि हुँदो होला र आफूहरू विदेशिनुपर्ने परिस्थिति सिर्जना गर्ने देशका हर्ताकर्ता नेताहरू रूष्ट हुन्छन् होला । वार्षिक रूपमै युवा नीति बनाउने प्रचलन छ । राजनीतिक, आर्थिक, सामाजिक विभिन्न नीतिलाई रोचक शब्दावलीमा प्रस्तुत गर्दै युवाशक्तिलाई विदेश पलायनबाट रोक्ने प्रतिबद्धता गरिन्छ । तर, अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली युवा रोजगारीका लागि दिनहुँ ठूलो संख्यामा पलायन हुने क्रम बढेको बढ्यै छ । नीति बनाइन्छ, कार्यान्वयन फितलो हुन्छ । यसरी नीति कर्मकाण्डीमात्रै बन्ने गरेका दर्जनौं उदाहरण छन् । देशलाई पूर्णरूपमै वृद्धाश्रम हुनबाट जोगाउन अझै नीति निर्माता जागेनन् भने निकट भविष्यमै राम राम भन्नुका अतिरिक्ति अरू केही बाँकी रहँदैन ।

वार्षिक रूपमै युवा नीति बनाउने प्रचलन छ । राजनीतिक, आर्थिक, सामाजिक विभिन्न नीतिलाई रोचक शब्दावलीमा प्रस्तुत गर्दै युवाशक्तिलाई विदेश पलायनबाट रोक्ने प्रतिबद्धता गरिन्छ तर अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली युवा रोजगारीका लागि दिनहुँ ठूलो संख्यामा पलायन हुने क्रम बढेको बढ्यै छ ।

संघीय, प्रादेशिक, स्थानीय सरकारका हर्ताकर्ता आफ्नो परिवार, नातेदारको स्वार्थ पूरा गर्ने चिन्तनलाई त्याग्न नसके पनि शून्य दशमलव एक प्रतिशत मात्रै देश र जनताको उन्नति–प्रगतिबारे सोच्न आरम्भ गरिदिए पनि निराशाको अँध्यारो केही कम हुन्छ । उर्वराभूमि, प्रकृति प्रदत्त उत्पादनशील जलवायु रहेको नेपालका जमिन युवाको अभावका कारण बाँझो हुनु, पर्याप्त विदेशी ऋण-सहयोग लिएर पनि रोजगारीका प्रशस्त अवसर सिर्जना नहुनु जस्तो कलंक त मेटौं । युवा नै देशका मेरुदण्ड हुन् भन्ने भाषण दिँदा एकछिन त सोचौँ यस मेरुदण्डलाई राजनीतिक स्वार्थको हतियारमात्र बनाउने कि देशलाई बलियो बनाउन उपयोग गर्ने ! यस मेरुदण्डलाई कमजोर बनाउने, विदेश पलायन गर्न बाध्य बनाउने परिस्थितिको अन्त्य हुनु अनिवार्य छ । श्रम र योग्यताको उचित कदर सम्मानजनक अर्थोपार्जनका अवसर खडा गर्नेतर्फ इमानदारीपूर्वक कर्णधारहरू लागेमा यो अवश्य नै सम्भव छ । अनिमात्र नेपाल वृद्धाश्रम बन्ने खतरालाई टार्न सकिन्छ । हर्षोल्लासित, स्वस्थ, समुन्नत युवा बाहुल्यको नयाँ नेपाल बनाउने प्रतिबद्धतालाई साकार पार्नु सबैका लागि चुनौती हो ।

नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख युवा श्रमबजारमा प्रवेश गर्छन् तर त्यसको आधाभन्दा बढी संख्या बेरोजगार नै रहन्छ । यसरी देशबाहिर जाने र देशमै बेरोजगार हुनेमा सबैभन्दा बढी १८-४० उमेर समूहका छन् । युवा रोजगारीको यस्तो डरलाग्दो तस्वीर सार्वजनिक भइरहँदा नेपालको नीतिनिर्माता र राजनीतिक समुदाय भने यसप्रति खासै चिन्तित देखिँदैन, यो निकै विडम्बनाको विषय हो । युवाको पलायन अति नै भयावह परिमाणमा पुगिसकेको छ । समस्या बजेट नभएर होइन-सोच र दृष्टिकोणमा समस्या छ । समयमै चेतना भया ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?