भक्तपुरमा ट्यांकर र मोटरसाइकल ठोक्किए, मोटरसाइकल चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । भक्तपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार राति भक्तपुर नगरपालिका–१ नगरकोट मोडमा बा ४ ख ४२ ६८ नम्बरको पानी ट्यांकर र बाग्मती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो ।

झापाको विर्तामोड नगरपालिका–२ घर भएका भइ भक्तपुरको मध्यपुर थिमि बस्दै आउनुभएका अनिल साह घाइते हुनुभएको छ । उहाँको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्यांकर चालक भक्तपुर ब्यासीका प्रविण सुवाललाई भने पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?