विश्वकप खेल्ने अर्जेन्टिनी टोली कतारमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । फिफा विश्वकप २०२२ मा सहभागिता जनाउन अर्जेन्टिनी टोली कतार पुगेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको टोली सोमबार कतारको दोहा पुगेको हो ।

विश्वकपको उपाधि दाबेदार टोलीको रूपमा लिइएको अर्जेन्टिना समूह ‘सी’ मा रहेको छ । यस समूहमा अर्जेन्टिनासँगै मेक्सिको, पोल्यान्ड, साउदी अरब रहेका छन् । अर्जेन्टिनाले मंसिर ६ गते साउदी अरबसँग खेल्दै विश्वकपको औपचारिक सुरुवात गर्नेछ ।

अर्जेन्टिनाले यसअघि सन् १९७८ र सन् १९८६ को विश्वकप जितेको थियो । यो पटक एउटा उपाधि थपेर जाने मन छ, उनले पटक पटक यो कुरा दोहोर्याउँदै आएका छन् ।

३५ वर्षीय मेस्सीका लागि यो अन्तिम विश्वकप हुने बताइएको छ ।

कतार विश्वकपका लागि अर्जेन्टिनाले गत शुक्रबार मात्र मेस्सीको कप्तानीमा २६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?