Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

नेपाल र पाकिस्तानबीच हुने मैत्रीपूर्ण फुटबलको प्रि म्याच कम्फ्रेन्स हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । नेपाल र पाकिस्तानबीच बुधवार साँझ ५ बजे शुरु हुने खेलका लागि आज प्रि म्याच कन्फ्रेन्स हुँदैछ । भोलि हुने खेलका लागि एन्फाले आज प्रि म्याच
कन्फ्रेस गरी जानकारी दिन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल हेर्नका लागि भिआइपीतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ दरको टिकट शुल्क निर्धारण गरेको छ ।

एन्फाले यसअघि नेपाल र बंगलादेशबीच असोज ११ गते भएको मैत्रीपूर्ण खेलमा जस्तै ८० वटा भिभिआइपी टिकटको मूल्य ५ हजार रुपैयाँ तोकेको छ ।

टिकट खरिद गर्नेमध्ये एक भाग्यशाली विजेताले ब्राजिल र क्यामरुनबीचको विश्व कप खेल हेर्न पाउने एन्फाले जनाएको छ । दशरथ रंगशलामा असोज ११ गते भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ ले हराएको थियो ।

खेलमा अञ्जन बिष्टले ह्याट्रिक गरेका थिए । यसपटक शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन मच्छिन्द्र क्लवका प्रशिक्षक प्रवेश कटुवाललाई एन्फाले पाकिस्तानबिरुद्धको खेलको प्रशिक्षण गर्ने जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?