बाजुरामा तीन दलिय गठबन्धनमा विवाद

एक्ला-एक्लै प्रचार प्रचारमा होमिए नेता कार्यकर्ता

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

बाजुरा । देशभर पाँचदलिय गठबन्धन भइरहँदा बाजुरामा तीन दलिय गठबन्धन गरेको भन्दै यहाँका राजनीतिकदलले यसअघि तिब्र गतिमा प्रचार प्रसार गरिरहेका थिए । केहीदिन अघिबाट तीन दलिय गठबन्धनलाई जिताउन लागि परेका नेता कार्यकर्ता अहिले एक्ला-एक्लै प्रचार प्रचारमा होमिएका छन् ।

निर्वाचनको मिति नजिकिदै गर्दा बाजुरामा अहिले गठबन्धन भित्रकै नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा माओवादी केन्द्रलाई असमर्थन गरेको छ । बाजुराको प्रदेश (क)मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कर्णबहादुर बिक (केशव) उम्मेदवार भएपछि सोही निर्वाचन क्षेत्रबाट एकीकृत समाजवादीका नरेशबहादुर शाहीले उम्मेदवारि दर्ता गराउनुभयो ।

सत्ता गठबन्धनले निर्वाचन क्षेत्र नम्बर (क) मा कर्णबहादुर बिकलाई आधिकारिक उम्मेदावार तोकेपछि समाजवादीबाट शाहीले पनि उम्मेदवारि दर्ता गराउनुभएको थियो । तीन दलिय गठबन्धन भित्र नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र समाजवादीे पार्टी मिलेर अगाडि बढ्ने भए पनि अन्तमा माओवादीबाट दलित समुदायका नेताको उम्मेदवार रहेको भन्दै समाजवादी र कांग्रेसले माओवादीलाई असमर्थन गरेको हो ।

उमेदवारी दर्तामा नेकपा माओवादीका कर्णबहादुर बिकलाई साथ दिएको नेपाली कांग्रेस अहिले समाजवादका नरेशबहादुर शाहीलाई सहयोग गरिरहेको छ । माओवादीबाट दलित समुदायकै उम्मेदवार भएपछि समाजवादी र कांग्रेसले माओवादीलाई असमर्थन गरेर अलग भएको नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बुढीनन्दा नगरपालिका नगर इन्चार्ज भरतबहादुर बिकले हिमालय टाइम्ससँग बताउनुभयो ।

उहाँले अब बाजुरामा गठबन्धनका नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट अलग रहेको बताउँदै एक्लै चुनावी मैदानमा उत्रिने बताउनुभयो । यो क्षेत्रमा दलित समुदायका मतदाता बढी छन् कांग्रेस र समाजवादीले हामिलाई सहयोग नगरे पनि हाम्रो पार्टीको नेतालाई दलित समुदायका मतदाताका भोट मात्रै लिएर भए पनिआफ्नो उमेदवारलाई जिताउने बताउनुभयो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Harish Bishwokarma
Harish Bishwokarma
2022-11-15 12:37 pm

थुक्क नालाएकहरू😠चुनावमा दलितका भोट तिमलाई चाहिने😠अनि चुनावमा दलितका उम्मेद्वार भएपछि विरोध गर्ने तिमीहरूको राजनिति कहिल्यै सफल नहोस😠😠

रिलेटेड न्युज

छुटाउनुभयो कि ?