राजनीतिमा धनको हावी भए युवाहरुको भविष्य समाप्त हुन्छः हृदयेश त्रिपाठी

हिमालय टाइम्स
Read Time = 3 mins

नवलपरासी । पूर्वमन्त्री एवम् जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्दा राज्यमा निरङ्कुश र तानाशाही प्रवृति हावी हुने बताउनुभएको छ ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत बर्दघाट नगरपालिकाको वडाहरुमा भएको संयुक्त भेला तथा घरदैलाे चुनावी अभियानका क्रममा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष त्रिपाठीले राजनीतिमा धनको हावी भएमा युवाहरुको राजनीतिक भविष्यसमेत समाप्त हुने जिकिर गर्नुभयो । उहाँले आफू जीवनको अन्तिम पटक निर्वाचन लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासँग भिक्षा मागेको बताउनु भयो । अध्यक्ष त्रिपाठीले आफूले मागेको भिक्षा निर्वाचन क्षेत्रका जनताको प्रतिष्ठा, इज्जत, स्वाभिमान र सम्मानका लागि भएको बताउनु भयो ।

त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार पुण्यप्रसाद पौडेलले पनि उद्योगपति चौधरीलाई लक्षित गर्दै धनको बलमा मतदाता बिक्री नहुने बताउनु भयो । चौधरीले चुनाव जित्नकै लागि सिजी नेटदेखि लिएर फाउण्डेसनको नाममा अनुदान समेत दिँदै हिडेको आरोप लगाउँदै उहाँले आचांरसंहीता उल्लघंन भएको बताउनु भयो । प्रदेश सभा सदस्य उम्मेदवार पौडेलले उद्योगपति चौधरी जस्ता धनाढ्यको जितले भविष्यमा देशका राजनीतिकर्मीहरु पलायन हुनुपर्ने स्थिति आउने दाबी गर्नुभयो । उहाँले जनताहरुले चौधरीलाई पाहुनाको रुपमा मात्र चिनेको भन्दै चुनाव नजित्ने दाबी गर्नुभयो ।

यस्तै नेकपा एमालेकी नेतृ एवम पूर्व संविधान सभा सदस्य सिन्धु जलेसा बुढाथोकीले जप्रपा, नेकपा एमाले र जसपाको संयुक्त गठबन्धन मजबुत रहेको भन्दै आफूहरुले चुनाव जित्ने दाबी गर्नुभयो ।

निर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिक दलका नेताहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?