बिकासका अनावश्यक सपना बाड्न चाहान्न, जनताका समस्या समाधान गर्न प्रतिबद्ध छुः धनेन्द्र कार्की

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । नेपाली कांग्रेसका नेता धनेन्द्र कार्किले आफुले हुनै नसक्ने सपना नबाड्ने बताउनुभएको छ । आज रुरुक्षेत्र गाउँपालिकाको मुसिडाडामा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै कार्किले मत दिईहाल्छन कि भन्दै नहुने सपना नबाड्न समेत आग्रह गर्नुभएको हो ।

'सधै नागरिकलाई दास सम्झनेहरुले अहिले पनि उहीँ पानीजहाज, पाईपबाट ग्यास, पहाडमा रेल भन्दै कुदिरहेका छन । नेताले बोल्दैमा हुने होईन त्यसका निम्ति राज्यको श्रोतसाधन र जनताको तत्कालको आवस्यक जे छ त्यसैलाई केन्द्रबिन्दुमा राखेर योजनाबद्ध बिकास गरिनुपर्छ' गुल्मी क्षेत्र न १ प्रदेश (ख) का उम्मेदवार कार्किले भन्नुभयो ।

कार्यक्रममा उपस्थितलाई संबोधन गर्दै उहाँले आफुले प्रदेश सांसदको रुपमा गएपछी यहाँका नागरिक र सरकारको बीचमा पुलको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यहाँको मुख्य समस्या बसाइँसराइ भएको भन्दै यहाँ गुणस्तरीय स्वास्थ्य र सर्वसुलभ शिक्षाको प्रवन्ध गरेर बसाइँसराइ रोकि गाउँमा रोजगारीको प्रवन्ध गर्नु मुख्य उद्देश्य रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता, संविधान सभा सदस्य डा. चन्द्र भण्डारीलगायत गठबन्धनका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?