पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु हुँदैनः कुन्ती पोखरेल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु नहुने बताउनुभएको छ ।

मंगलवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा उहाँले यस्तो बताउनुभएको हो । राप्रपाबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएकी उहाँले टुरिस्ट उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै यसपटक आफ्नै माटोमा हुर्किएर भुगोललाई चिनेको उम्मेदवार जिताउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले विगतमा पर्यटक उम्मेदवारका कारण काठमाडौं, २ क्षेत्रमा विकासले गति लिन नसकेको बताउनु भयो । उहाँले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को शंखरापुरका क्षेत्रमा पश्चिम रुकुम, रोल्पाको भन्दा विकट स्थिति रहेको बताउनु भयो । उहाँले निर्वाचन क्षेत्रमा आफूले जिते पहिलो काम नै विकासको हुने प्रतिवद्धता जनाउनु भयो । उहाँले आफ्नो एजेण्डा राष्ट्र, राष्ट्रियता र युवा शक्ति भएकाले दिनहुँ विदेशिएका नेपाली युवाहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने बताउनु भयो ।

उहाँले कागेश्वरी क्षेत्रमा चार लेनको बाटो भएपनि सडकमा नै ढल मिसिँदा कुनैपनि सवारीसाधन नचलेको स्थिति रहेको बताउनु भयो । उहाँले आफूले जितेपछि पहिलो काम आफ्नो निर्वाचन क्षेत्रमा आएको बजेट हेर्ने र अनियमितता गरेको पाए कारबाही गर्ने पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो प्रमुख एजेण्डा भन्नु नै राष्ट्र, राष्ट्रियता र युवा शक्तिका लागि हो । युवा वर्गहरु विदेश पलायन हुनुपर्ने बाध्यता छ, त्यसलाई रोक्नका लागि पनि हो । म यहाँ डुल्दा विकास नभएको पाएँ । कोटेश्वर, बानेश्वरतिर ठिक छ तर शंखरापुरमाथि गए रुकुम, रोल्पा जस्तो छ । कागेश्वरी भित्र सडकमै ढल छ । चार लेनको बाटोमा सवारी चल्दैनन् । यो क्षेत्रमा बजेट कति आएको छ त्यो हेर्न मन छ । पहिलो काम मेरो फाइल पल्टाएर यो क्षेत्रका जनताको लागि आएको बजेट हेर्ने काम हुनेछ । बजेट आएको र दुरुपयोग भएको पाएँ भने कारबाहीको लागि मैले सिफारिस गर्छु । बजेट आएको छैन भने वर्षौंदेखिको बजेट अब म यहाँ ल्याएर विकास गर्छु । यो क्षेत्रमा विकासको जिम्मेवारी म लिन चाहन्छु । पर्यटक उम्मेदवारलाई जिताएर पठाउँदा विकास नगरेको अनुभव हामीसँग छ ।’

नेतृ पोखरेलले काठमाडौं २ मा बजेट नआएको पाए वर्षौंदेखिको बजेटको हिसाव गरेर विकासका काम अघि बढाउने बताउनु भयो । उहाँले काठमाडौं २ मा विकासको जिम्मेवारी आफू लिन चाहेको भन्दै आसन्न निर्वाचनमा आफूलाई जिताउन मतदाताहरुसँग आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?