विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

गुल्मीको इस्मा गाउँपालिका-५ दरिङ ढुङ्गा बस्ने ७४ वर्षीया जिवाकला थापा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

सुर्खेतको लेकबेशी नगरपालिका-९ चौरासे तिल्केपानी बस्ने ७३ वर्षीया डिल्लीसरा जैशी आफ्नै घर नजिकै खेतमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित चतरा झुम्का नहरमा हाल पहिचान नखुलेका पुरुषको शव सडिगलेको अवस्थामा सोमबार फेला परेको छ ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?