संविधानको रक्षा गर्दै सरकार पाँच बर्ष पूरा चलाउँछौं : प्रधानमन्त्री देउवा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि गठबन्धनले चुनाव जित्नु पर्ने बताउनु भएको छ ।

नवलपरासीमा पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभामा बोल्दै उहाँले सो कुरा बताउनु भएकाे छ ।

'जनताका प्रतिनिधिहरुबाट बनेको संसदको रक्षा गर्न नसक्ने केपी ओलीलाई मत दिएर अर्थ नरहेको बताउँदै उहाँले भन्नू भयो ' गठबन्धनलाई मत दिनुहोस् ५ बर्ष पूरा चलाउने छौं । हामी समावेशी संविधान रक्षा गर्दै अगाडि बढ्छौ ।'

कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको हुलमा कौरवहरु रहेको र पाँच दलको गठबन्धनमा पाँच पाडपहरु रहेकोले चुनाव रुपी युद्धमा पाण्डपको र्थात गठबन्धनको जित हुने बताउनु भयो ।

ओली प्रवृतीले जनताका अधिकार खोस्ने बताउँदै उहाँले अधिकार स्थापित बनाउने गठबन्धन भएकाले गठबन्धनलाई मत दिन आग्रह गर्नु भयो ।
उक्त कार्यक्रममा पश्चिम नवलपरासिको क्षेत्र न १ मा गठबन्धनका उम्मेदवारको रुपमा नेपाली काङ्ग्रेसका नेता बिनोद चौधरी र प्रदेश क का उम्मेदवार बिश्व प्रेम पाठक लगायतले बोल्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?