बाँकेमा उम्मेदवारसहित ९जनालाई स्पष्टीकरण, स्वतन्त्र उम्मेदवारको प्रचार शैली फरक

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 4 mins

बर्दिया । मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागी चुनावी मैदानमा रहेका उम्मेदवाहरुले प्रचार प्रसार अभियानलाई तिव्र बनाइरहँदा बाँके क्षेत्र न २ बाट प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको प्रचार प्रसार शैली अनौंठो खालको रहेको छ ।

निर्वाचनको समयमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल भरिएका छन् तर बाँके क्षेत्र न २ बाट स्वतन्त्र उम्मेदवार रहनुभएका इरफान शेषको चुनावी प्रचार प्रसारले बजार तताएको छ । जनमत पार्टीमा रहनुभएका शेष पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा चुनावी मैदानमा हुनुहुन्छ ।

उहाँले नेपालगञ्ज बजारमा २ वा ३ दिनको ग्याप राखेर डोजरको अगाडिको भागमा बसेर र्याली सहित भोट माग्दै हिड्ने गर्नुभएको छ । उहाँ डोजरको अगाडिको भागमा उभिएर दुई हात जोड्दै भारतीय नम्वरप्लेटका चारपाग्रे गाडीहरुको लस्कर लगाउँदै नेपालगञ्ज बजार घुमिरहनु भएको छ ।

जनमत पार्टीको स्थापना कालदेखि नै सक्रिय भएर लागेका शेषले आफुले टिकट पाउनुपर्ने माग गरिहेता पनि अन्तिममा आएर उहाँको टिकट खोसिएको थियो । डोजरमा बसेर बजार घुमिरहँदाको दृश्य निकै रोचक लाग्ने गरेको स्थानीय वासी हारिफ अन्सारीले बताउनु भयो । स्वतन्त्र निर्वाचन लडेका इरफान शेषलाई निर्वाचन आयोगले नै चुनवा चिन्ह् डोजर प्रदान गरेको थियो ।

प्रचार प्रसारमा भारतीय गाडीको प्रयोग गर्न नपाइने भएपनि दर्जनौ भारतीय गाडी प्रयोग गरेका शेषले आचारसंहितको ठाडो उल्लंघन गरेको आरोप पनि लाग्दै आएको छ ।

डोजर सहित सयौ कार्यकर्ता र भारतीय गाडीको प्रयोग गर्दै चुनावको प्रचार प्रसारमा हिडेका शेषलाई निर्वाचन आयोगको जिल्ला आचारसंहिता अनुगमनको टोलीले स्पष्टिकरण सोधेको अनुगमन समितिका खडानन्द अधिकारीले बताउनु भयो । उहाँका अनुसार प्रयोग गरेको डिजे, ठुलो पोष्टर तथा भारतिय गाडीको प्रयोग बन्द गर्न भनेपछि सो कार्य रोकिएको बताउनु भयो ।

बाँकेको सो निर्वाचन क्षेत्रबाट नेकपा एमालेको सहयोगमा राप्रपाबाट धवलशम्शेर राणा, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट सुदिप नरसिंह राणा र जसपाबाट मोहम्मद इस्तियाक राई चुनावी मैदानमा हुनुहुन्छ ।

यसैबिच निर्वाचन आचारसंहिता उल्लङघन गरेको भन्दै नौ जनालाई स्पष्टिकरण सोधिएको छ । आचारसंहिता विपरित , व्यानर प्रयोग गरेको , चामल बाँडेको , तोकिएको भन्दाबढी प्रचार कार्यालय सञ्चालनमा गरेको , भारतीय गाडीको प्रयोग गरिएको लगायतका विषयमा स्पष्टिकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत खडानन्द अधिकारीले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?