भारतसँग जोडिएका बैतडीका सीमा नाकाहरु ७२ घण्टाका लागि बन्द हुने

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । भारतसंग सिमाना जोडिएका बैतडीका सबै नाकाहरु बन्द हुने भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई स्वच्छ , निष्पक्ष एवंम भयरहित बातावरणमा सम्पन्न गर्न भारतसंग सिमाना जोडिएका बैतडीका सम्पुर्ण नाकाहरु बन्द हुने भएका हुन् ।
भारतसंग जोडिएको झुलाघाटसहित शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा पर्ने घाटहरु मंसिर १ गते राती १२ बजेदेखी मंसिर ४ गते राती १२ बजे सम्म बन्द रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ , निष्पक्ष वातावरणमा सम्पन्न गर्नका लागि तीन दिन भारतसंग सिमाना जोडिएका सबै नाकाहरु बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले ७२ घण्टाका लागि झुलाघाट र अन्य नाकाहरुमा आवागमन पूर्णरुपमा बन्द रहने जनाएको छ ।

निर्वाचनलाई स्वच्छ , निष्पक्ष एवंम भयरहित बातावरणमा सम्पन्न गर्न निर्वाचन लक्षीत सुरक्षा योजना पनि तयार पारिएको छ । भारतसँग सिमाना जोडिएको बैतडीमा सिमानाकामा नियमित गस्ती जारी रहेको छ । जिल्लामा २ अजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार जिल्लामा मतदान अधिकृत , साहयक मतदान अधिकृत , साहयक कर्मचारी , स्वयसेवक र कार्यालय सहयोगी गरी १ हजार ६८४ जनशक्ति परिचालन हुनेभएका छन् । १२९ मतदानस्थल , २१० मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्र रहेको बैतडीमा १ लाख ५० हजार १५६ मतदाता रहेका छन् ।

एक प्रतिनिधिसभा क्षेत्र रहेको बैतडीमा ११ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेकोमा क्षेत्र नं (क)मा ६ र क्षेत्र नं (ख)मा ५ जना उम्मेवार चुनावी मैदानमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?