जेनिथ र निम्स फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जेनिथ र डिफेन्डिङ च्याम्पियन निम्स आठौँ रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजको फाइनलमा प्रवेश गरेका छन् । जेनिथले ओसिसलाई ५४-३२ ले पराजित ग¥यो । जेनिथको जितमा सुशिल शाहीले २८ अंकको योगदान गर्नुभयो । सफल नेपालीको आठ अंकको सहयोगमा निम्सले एचएचसिएलाई ३८-१४ ले हरायो ।

सिनियर गल्र्समा संस्कृति र डिफेन्डिङ च्याम्पियन निम्सले उपाधि भिडन्त पक्का गरे । संस्कृतिले आयोजक रेडिअन्ट पब्लिकलाई १९-१३ तथा निम्सले न्यु भिजन एकेडेमीलाई १५-७ ले पाखा लगायो । संस्कृतिकी त्रिशा श्रेष्ठले आठ तथा निम्सकी टिना लिम्बूले चार स्कोर गर्नुभयो ।

जुनियर ब्वाइजमा ग्रिनफिल्डले इडेन ब्रिज एकेडेमीलाई १९-१८ तथा युनिकले स्किब्सलाई ८-५ ले पन्छायो । ग्रिनफिल्डका पुजन उप्रेतीले १४ तथा युनिकका सन्चित रिमालले चार अंक जोड्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?