चर्च ब्वाइजलाई फिफा एफसीको साथ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र फिफा एसी हाएस डिलक्स यातायात प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ । यातायात साझेदार तथा सहप्रायोजकका रूपमा फिफा एसी हाएस डिलक्स यातायात प्रालि चर्च ब्याइजसँग आबद्ध भएको हो ।

फिफा यातायातले चर्च ब्याइजलाई आठ लाख वा सो बराबरको यातायात सुविधा दिने सम्झौता पत्रमा उल्लेख छ । सम्झौता पत्रमा चर्च ब्वाइजका तर्फबाट अध्यक्ष टंकलाल राई र उपाध्यक्ष जनमरञ्जन देवकोटा र फिफा यातायातका तर्फबाट अध्यक्ष सबिन डाँगी, कोषाध्यक्ष रमेश खड्का र प्रबन्ध निर्देशक चन्द्रकाजी गुरुङले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार फिफा यातायातले चर्च ब्वाइजका खेलाडी तथा अफिसियलहरूलाई लिगका क्रममा हुने यात्राहरूमा यातायात सुविधा उपलब्ध गराउनेछ र बजार प्रवद्र्धन गर्न क्लबको लोगो तथा खेलाडीहरूको तस्बिर आफ्नो मातहतका बस तथा वाहनहरूमा प्रयोग गर्न पाउनेछ ।

त्यस्तै, चर्च ब्वाइजले आफ्नो जर्सीको आकर्षक स्थानमा फिफा यातायातको लोगो राख्नेछ भने क्लबले गर्ने कुनै पनि मार्केटिङ अभियानमा यातायात साझेदार भनी फिफा यातायातको लोगो समावेश गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?