ललितपुरका पदक विजेता खेलाडी सम्मानित

हिमालय टाइम्स
Read Time = 4 mins

ललितपुर । ललितपुर जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदका पदक विजेता ललितपुरका खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । विभिन्न १९ खेलका स्वर्ण, रजत र कास्य पदक विजेता गरी जम्मा ७३ जनालाई सम्मान गरिएको हो ।

ललितपुरका खेलाडीले २० स्वर्ण, ३१ रजत र २२ कास्य पदक जितेका थिए । स्वर्ण पदक जित्नेलाई पाँच हजार, रजतलाई तीन हजार र कास्यलाई दुई हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, ललितपुर क्षेत्र नं. २ (२)का नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनलगायतले खेलाडीलाई सम्मान गर्नुभयो ।

बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ यू-१५ महिला फुटबल च्याम्पियनसिप खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरूलाई पनि सम्मान गरिएको छ ।

त्यस्तै, बालकल्याण मावि भूतपूर्व विद्यार्थी समाज लम्की कैलालीले राजधानीमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेका बालकल्याण माविका विद्यार्थी वर्षा वली र भूमिका बुढाथोकीलाई सम्मान गरेको छ ।

कात्तिक १५ देखि २५ गतेसम्म भएका खेलमा वर्षा वलीले बंगलादेशलाई १-० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित दिलाउनुभएको थियो । त्यसैगरी भुटानसँगको खेलमा सात गोलमध्ये वर्षाले चार गोल गर्नुभएको थियो ।

कार्यक्रममा बालकल्याण मावि भूतपूर्व विद्यार्थी समाज लम्कीका अध्यक्ष तारा आचार्यले विजयी खेलाडीहरूलाई खाता, प्रमाणपत्र र नगदसहित सम्मान गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी नेता तारा सन्ज्याल, पत्रकार डम्मर बम, विद्यार्थी नेता रमेश आचार्य, विद्यालयका पूर्वविद्यार्थीहरू अरुण चौधरी, लक्ष्मी आचार्य, निरज बोहरालगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भौतिक पूर्वाधारको अभावमा समेत आफ्ना विद्यार्थीहरूले खेलकुदको माध्यमबट राष्ट्रलाई चिनाउने काम गरेकामा खुशी लागेको विद्यालयका सहप्राध्यापक रंगप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?