बाजुरा । समाचार पढ्दा अनौठो लाग्न सक्छ, तर यो सत्य हो । प्राय: काजकिरिया अब मान्छे यो संसारमा छैन अथवा मृत्यु भएपछि हिन्दु धर्ममा गर्ने गरिन्छ । काजकिरिया गरिसकेपछि अब त्यो मान्छे आउने आश हुदैन् । तर बाजुरामा किरियाकाज गरेका एक पुरुष १९ बर्षपछि आफनै घरमा फर्किएका छन् ।
बजुराको खप्तडछेडदह गाउँपालिका—७ लमगाउँ बस्ने ४६ बर्षीया जितबहादुर रावत बेपत्ता भएको १९ बर्षपछि घर फर्किनुभएको छ । १९ बर्ष पहिला घर बाट हराएका जितलाई परिवार तथा गाउँलेले धेरै ठाउँमा खोजे । नेपाल मात्र नभई भारतका बिभिन्न शहरमा समेत खोजे प्रहरीलाई खबर समेत गरे तर उहाँलाई कतै नभेटाएपछि गाउँमा उहाँको क्रियाकाज गरिसकेका थिए ।
केही समय सम्म त पाउने आशमा खोज खबर ग¥यौ, लामो समय सम्म सम्पर्कमा नआएपछि हिन्दु परम्परा अनुसार काजक्रिया गरेको स्थानिय ताल बहादुर रावतले बताउनुभयो । जितको काजक्रिया गरेपछि उहाँकी श्रीमति सुर्जा रावत सरकार बाट सामाजिक सुरक्षा भत्ता तथा एकल भत्ता बुझ्ने गर्दै आउनुभएको थियो ।
सुर्जाले भन्नुभयो्, श्रीमानको धेरै खोज खबर ग¥यौ, कतै नभेटिएपछि क्रियाकाज गरेर मृत्युदर्ता गरेका थियौ । मृत्यु दर्ता पछि एकल भत्ता खादै आएको उहाँले बताउनुभयो । १९ बर्षपछि श्रीमान आउदा निकै खुशी भएका छौ, हामीले अब फेला पर्ने आश मारिसकेका थियौ, एकाएक घर पुग्दा बास्तिविक होकी सपना जस्तै भएको सुर्जाले बताउनुभयो ।
जितका गोबिन्द रावत र कमला रावत गरि दुई छोराछोरी रहेका छन् । दुबैले विवाह समेत गरिसकेका छन् । धेरै समय सम्म बेपत्ता भएका जित गाउँमा आउदा गाउँलेले खुशीयाली समेत गरेका छन् । जितले भने आफु नेपाल बाट गएर भारतको हिमाञ्चल प्रदेशमा बसेको बताउनुभयो । घरफिर्ता नहुँने गरि गएको थिए, तर घरपरिवार समाजको याद आएपछि १९ बर्षपछि गाउँमा फिर्ता भएको जितले बताउनुभयो । यसरी क्रियाकाज गरिसकेको ब्यक्ति फेरि फेला परेपछि हिन्दु परम्पराअनुसार विवाह देखी अन्य ब्रतवन्ध, पूजापाठ पुन गर्ने गरिन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका