गुलाबीको इन्डक्ल्याप

Read Time = 2 mins

काठमाडौं । चलचित्र गुलाबीको इन्क्ल्याप गरिएको छ । कास्कीको धम्पुसबाट छायांकन प्रारम्भ गरेको चलचित्र ‘गुलाबी’को काठमाडौंमा ‘इण्ड क्ल्याप’ गरिएको हो । आइतबार ठमेलमा अन्तिम दृश्य खिचिएसँगै विभिन्न सेड्यूअलमा रहेर ३२ दिनमा चलचित्रको छायांकन सकिएको निर्देशक समुन्द्र भट्टले जानकारी दिनुभयो । चलचित्र समावेश एक गीत भने पछि छायांकन गरिने उहाँले बताउनुभयो ।

पारलैगिंकताको कथा बोल्ने चलचित्रमा नाजिर हुसेन, सुशील सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाको मुख्य भूमिकामा रहेको छ । चलचित्रमा कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गर्नुभएको छ ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको ‘गुलाबी’मा आलोक शुक्लाको छायांकन छ भने भदू भुजेल एसोसिएट निर्देशक रहनुभएको छ । चलचित्रमा पुष्कर लामा निर्माण नियन्त्रणक, मनोज लामाको श्रंगार, सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ । चलचित्रमा लेखु सहयात्री र शान भुसालले संगीत संयोजन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?