‘द आउट लयर’ मार्फत ठूलो पर्दामा डेब्यु गर्दै अनिता

Read Time = 1 min

काठमाडौं । अफ्ना प्रस्तुतिमार्फत धेरैको मन जित्न थाल्नुभएको छ नायिका तथा मोडल अनिता गिरिले । विगत सात वर्षदेखि कला क्षेत्रमा अनवरत रूपले काम गर्दै आउनुभएकी गिरि विभिन्न म्युजिक भिडियो, टीभीसी एड, सर्ट फिल्म हुँदै अहिले ठूलो पर्दामा ‘द आउट लयर’मा देखिँदै छिन् ।

सानै उमेरदेखि कला क्षेत्रमा लाग्नुभएकी उहाँ एउटा कुशल कलाकार बन्नका सबै प्रकारको भूमिका निर्वाह गर्न सक्षम रहेको मान्यता राख्नुहुन्छ । अनिता आफ्नो कलाले सबैको मन जित्न चाहनुहुन्छ ।

उहाँले आफ्नो परिचयात्मिक सिनेमाटिक भिडियोे आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको छ । सो सिनेमाटिक भिडियोलाई सम्पादन पदम सुवेदीले गर्नुभएको हो भने कलर ग्रेडिङ मिलन विश्वकर्माको छ । विनोद तामाङको छायांकन रहेको भिडियोमा सुभास श्रेष्ठ प्रधानको निर्देशन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?