पारिजिताको गीतमा चारजना प्रशिक्षकद्वारा उभिएर स्वागत

Read Time = 2 mins

काठमाडौं । अमेरिकी द भ्वाइसको २२औ संस्करणमा पारिजिता बाँस्तोलाले भाबुक गीत प्रस्तुत गरेपछि चारै प्रशिक्षकले उभिएर स्वागत गरेका छन् । १७ वर्षीय बाँस्तोलाले सोमबार राति ८ बजे सुरु भएको १६ प्रतिस्पर्धीमध्ये उहाँको प्रस्तुति आफ्नो टोलीमध्ये नै सर्वोत्कृष्ट भएको थियो । तर, अब जनताको मतले अगाडि बढाउने या उहाँको यात्रा यही टुंगो लाग्ने भन्ने उहाँलाई प्राप्त हुने मतले फरक पार्नेछ ।
एकपछि अर्को चरणमा पुग्दै गर्नुभएकी परिजिता शीर्ष १६ मा पनुएभएको छ भने अब मतबाट शीर्ष १३ मा पुग्ने वा नपुग्ने फैसला हुनेछ ।

उहाँले सुरुदेखि नै नेपाली पोशाकमा आफ्नो प्रस्तुति दिँदै आउनुभएको छ । परिजिताले सोमबार भाबुक गीत छनौट गरी अद्वितीय प्रस्तुति दिनुभएको थियो । परिजिताको भाबुक गीतको प्रदर्शनले प्रशिक्षकहरूबाट उत्तिकै प्रशंसा पाएको थियो ।

सोमबार सुरु भएको प्रत्यक्ष प्रसारण जोन लिजेन्डको टोलीले सुरुवात गरेको थियो । लिजेन्ड टोलीमा ओमार जोस कार्डोना, किम क्रुज र साशा हुर्टाडो सबैले आफ्नो शक्तिशाली प्रदर्शन गर्नुभयो र प्रशंसा बटुल्नुभयो । तर, पारिजिताले ए स्टार इज बोर्नको लेडी गागाको ‘आई विल नेवर लभ अगेन’ को भावनात्मक प्रस्तुतिमा चारै प्रशिक्षकहरूबाट पहिलो ‘स्ट्यान्डिङ ओभेशन’ पाउनुभएको थियो ।

परिजिता बास्तोलाका प्रशिक्षक जोनले ‘त्यो भावनात्मक रूपमा सुन्दर प्रस्तुति र यसले सबैको हृदयमा तान्यो, भन्दै प्रशंसा गर्नुभएको थियो । ‘तपाईंले हामी सबैलाई जादू गर्नुभयो र यो शानदार थियो ।’ जोनले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?