काठमाडौं । प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता भएको छ । सम्झौताअनुसार क्यापिटलका सबै हितग्राहीले क्रिस्टल ल्याबका सम्पूर्ण सेवासुविधामा २० प्रतिशत छुट पाउनेछन् भने आउटसोर्सिङ गरेको टेस्टमा ल्याबबाट १० प्रतिशत छुट पाउनेछन् ।
उक्त अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिंक गरेको देखाउनुपर्नेछ । क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरू स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ ।
काठमाडौंको सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिक नेसनल पब्लिक हेल्थ ल्याबोरेटरीबाट मान्यताप्राप्त आधुनिक प्रविधि र विभिन्न सेवासहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका