काठमाडौं । अहिलेको समयमा हामी सबै बिजुलीको उपलब्धता र सुविधासँग अभ्यस्त भइसकेका छौँ । बिजुलीबिनाको हाम्रो जीवन हामी कल्पना पनि गर्न सक्दैनौँ । बिजुलीको बढ्दो प्रयोगसँगै विद्युतीय क्षति पनि बढ्दो छ तर बिजुलीसँगै निम्तिने खतरामा बेवास्ता गरिरहेका हुन्छौँ । त्यसैले घर होस् या कलकारखाना, राम्रो गुणस्तरको वायरिङ पाइप प्रयोग गर्नु महत्वपूर्ण हुन्छ ।
घर बनाउँदा मानिसहरू इँटा, सिमेन्ट, पाइप्स र फिटिङदेखि इन्टेरियर-एक्स्टेरियरसम्म सबै कुराको राम्रो अध्ययन गर्छन् तर वायरिङकै लागि छुट्टै किसिमको पाइप लगाउनुपर्छ भन्ने चेतना एकदमै कम छ । त्यसैले वायरिङकै लागि बनेको पाइप प्रयोग गर्नुको सट्टा खानेपानीका लागि प्रयोग हुने पाइप अथवा कालो रंगको एचडिपिई पाइप प्रयोग भइरहेको पाइन्छ । त्यस्तो पाइप वायरिङका लागि बनेको नहुने हुँदा सर्ट सर्किट खण्डमा सुरक्षा दिन सक्दैन ।
तर, सम्बद्ध कम्पनीका अनुसार मंगलम् वायरसेफ एफआरएलएस कन्ड्युट पाइप हो जुन आगो प्रतिरोधी र धुँवा कम गर्ने गुण भएको तारको डक्टिङ ट्युब हो । उल्लेखित पाइप निर्माण संरचनामा विद्युतीय तार सुरक्षित बिछ्याउन कन्ड्युट फिटिङसँग प्रयोग गरिन्छ । जसले बिजुलीको तारबीच इन्सुलेट ब्यारियरका रूपमा सुरक्षा प्रदान गर्छ । लामो समयसम्म टिकाउ यी पाइप विशेष गरी क्लोरिनेटेड पोलिविनाइल क्लोराइडलाई आगो लाग्न नदिन र धुँवा उत्पादन सीमित गर्न इन्जिनियर गरिएको हुन्छ, जसले गर्दा आगलागीबाट हुने मानवीय तथा धनसम्पत्तिको क्षति न्यूनीकरणमा पनि टेवा पुग्छ ।
त्यसैगरी दुर्घटना कम गर्ने उद्देश्यले मंगलम् पाइप्सले वायरसेफ एफआरएलएस पाइप बजारमा ल्याएको छ । वजनमा हल्का र किफायतीका साथै धेरै टिकाउ हुने हुँदा मर्मतसम्भारको झन्झट नहुने कम्पनीको दाबी छ । उक्त पाइपको मुख्य विशेषता भनेको कोरोजन रेसिस्टेन्ट, आगो नलाग्ने, नओसिने र नकोरिने हो । जसको जोइन्ट र फिटिङ्स स्लिप-अन सल्भेन्ट वेल्डेड कनेक्सनले बनेको हुँदा छोटो समयमै बलियोसँग जोडिन्छन् । मंगलम्को वायरसेफ पाइपहरू १.३ मिमिदेखि २.७ मिमिसम्मका छन् । लाइट, मिडियम र हेभी रेन्जमा २० देखि ३२ मिमि मोटाइमा उपलब्ध छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका