बाँकेमा स्वतन्त्र उम्मेदवारको फरक प्रचार शैली

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 4 mins

बर्दिया । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी मैदानमा रहेका उम्मेदवाहरूले प्रचारप्रसार अभियानलाई तीव्र बनाइरहेका छन् । सबैले आ-आफ्नै ढंगबाट प्रचारप्रसार गरिरहेका छन् । तर, बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा निर्वाचनमा रहनुभएका स्वतन्त्र उम्मेदवार इरफान शेषको चुनावी प्रचारप्रसारले भने अहिले बजार तताएको छ ।

यसअघि जनमत पार्टीमा रहनुभएका शेष पार्टीले टिकट नदिएपछि स्वतन्त्ररूपमा अहिले चुनावी मैदानमा हुनुहुन्छ । उहाँले नेपालगञ्ज बजारमा डोजरको अगाडिको भागमा बसेर ¥यालीसहित भोट माग्दै हिँड्ने गर्नुभएको छ । उहाँ डोजरको अगाडिको भागमा उभिएर दुई हात जोड्दै भारतीय नम्बर प्लेटका चारपांग्रे गाडीहरूको लस्कर लगाउँदै नेपालगञ्ज बजार घुमिरहनुभएको हो ।

जनमत पार्टीको स्थापनाकालदेखि नै सक्रिय भएर लाग्नुभएका शेषले आफूले टिकट पाउनुपर्ने माग गरिहेता पनि अन्तिममा आएर उहाँको हातबाट टिकट खोसिएको थियो । डोजरमा बसेर बजार घुमिरहँदाको दृश्य निकै रोचक लाग्ने गरेको स्थानीय हारिफ अन्सारीले बताउनुभयो । स्वतन्त्रबाट निर्वाचन लड्नुभएका शेषलाई निर्वाचन आयोगले नै चुनाव चिहृन डोजर प्रदान गरेको थियो । प्रचारप्रसारमा भारतीय गाडीको प्रयोग गर्न नपाइने भए पनि दर्जनौं भारतीय गाडी प्रयोग गर्नुभएका शेषले निर्वाचनको ठाडो उल्लंघन गरेको आरोप पनि लाग्दै आएको छ ।

डोजरसहित सयौं कार्यकर्ता र भारतीय गाडीको प्रयोग गर्दै चुनावको प्रचारप्रसारमा हिँड्नुभएका शेषलाई निर्वाचन आयोगको जिल्ला आचारसंहिता अनुगमनको टोलीले स्पष्टीकरण सोधेको अनुगमन समितिका खडानन्द अधिकारीले बताउनुभयो । उहाँका अनुसार उहाँले प्रयोग गरेको डिजे, ठूलो पोष्टर तथा भारतीय गाडीको प्रयोग बन्द गर्न भनेपछि सो कार्य रोकिएको बताउनुभयो ।

बाँकेको सो निर्वाचन क्षेत्रबाट नेकपा एमालेको सहयोगमा राप्रपाबाट धवलशमशेर राणा, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट सुदिप नरसिंह राणा र जसपाबाट मोहम्मद इस्तियाक राई चुनावी मैदानमा हुनुहुन्छ । यसैबीच निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नौजनालाई स्पष्टीकरण सोधिएको छ ।

आचारसंहिता विपरीत ब्यानर प्रयोग गरेको, चामल बाँडेको, तोकिएको भन्दा बढी प्रचार कार्यालय सञ्चालनमा गरेको, भारतीय गाडीको प्रयोग गरिएको लगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत खडानन्द अधिकारीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?