✍️ नवराज जोशी
यतिखेर जताततै चुनावी रौनक छाएको छ । उम्मेदवारहरू आ-आफ्ना पार्टीका झण्डा बोकेर विगतमाझैँ कहिल्यै घरदैलो त कतै आमसभामा व्यस्त छन् । पैसाको चलखेल बढेकै छ । सबैका लामालामा घोषणापत्रहरू यसपटक पनि देखिएकै छन् । गाउँदेखि सहरसम्म एक किसिमको जात्रा चलिरहेको छ । भरखर विभिन्न देवीदेवताको जाँत मनाउने काम सकेर सुदूरपश्चिमका कैयौं मानिस चुनावी जाँतमा सरिक भइरहेका छन् । कैलालीको-५ नम्बर क्षेत्र विगतमा झैँ यसपटक पनि विशेष चासोको विषय बन्न गएको छ । कतिपयले फलानो जित्छ भनेर ठोकुवा गर्दै बाजी लगाइरहेका छन् भने कतिपयले विभिन्न अड्कलबाजी गरिरहेका छन् । कोही भने एकआपसमा सम्भावित मत संख्याको जोड घटाउ गरिरहेका छन् ।
यतिखेर वास्तवमै यो क्षेत्र आकर्षक क्षेत्रका रूपमा देखापरेको छ । २०७१ को चुनावमा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा डडेलधुरा र कैलाली-५ दुवै क्षेत्रबाट चुनाव लडे । डडेलधुरा उनको आफ्नो पकट क्षेत्र थियो तर कैलाली-५ को चुनावी मैदानमा लड्न पुष्करनाथ ओझाको खोजी भयो । ओझाको सक्रियतामा सजिलै चुनाव जिते । एक क्षेत्र छोड्नु पर्दा कैलाली-५ छोडे । उपनिर्वाचनमा पुष्करनाथ ओझालाई टिकट दिइयो उनी सजिलै नजित्ने कुरै थिएन ।
यतिखेर ओझा स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा देखापरेका छन् । कांग्रेस पार्टीबाट टिकट पाएका यसअघि प्रदेशसभा सदस्यमा निर्वाचित डिल्लीराज पन्त पनि चुनावी मौदानमै छन् । यतिखेर पन्त निकै पछाडि परेको सुनिँदैछ । भिडन्त एमालेका नारदमुनि राना र ओझाका बीचमा छ ।
आफ्नो-३ वर्षे कार्यकालमा यस क्षेत्रमा भएका उपलब्धिपूर्ण कार्य गर्दै लोकप्रियता बटुलिरहेका ओझालाई २०७४ को चुनावमा पार्टीले पाखा लगाएर डा.आरजु राणा देउवालाई टिकट दियो । आफ्नो क्षेत्रमा आपूmले टिकट नपाएपछि पुष्करले न विरोध गरे न त सहयोग नै । उनी मौन बसिदिए । परिणामस्वरूप चुवानमा एमालेका नारदमुनि रानासँग आरजु पराजित भइन् । करिब तीन वर्षपछि षड्यन्त्रपूर्वक ओझालाई पार्टीबाट निष्कासित गरियो ।
बौद्धिकता, इमानदारीता, नैतिकता, उच्च मानवीय चेतना र लोकतान्त्रिक आचरण भएका ओझा विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिए पनि यतिखेर पार्टीविहीन बन्न पुगे । तर, उनी यसरी चुपचाप बसे कि उनले कही कतै कुनै किसिमको प्रतिक्रिया नै दिएनन् । उनको मौन तापनि कैयौंको चासोको विषय बन्यो । उनको त्यो मौनताले समेत नेतृत्व तहलाई हल्लाइरहृयो । उनले जनताको बीचमा जान भने छोडेनन् । यसरी उनी कुनै प्रतिक्रिया नदिएर धैर्यतापूर्वक सहनशील र आशावादी भएर जनताको बीचमा मुस्कुराइरहने एक अपवाद पात्रका रूपमा देखा परे ।
यतिखेर तिनै ओझा स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा देखापरेका छन् । कांग्रेस पार्टीबाट टिकट पाएका यसअघि प्रदेशसभा सदस्यमा निर्वाचित डिल्लीराज पन्त पनि चुनावी मैदानमै छन् । यतिखेर पन्त निकै पछाडि परेको कुरा सुनिँदैछ । भिडन्त छ त एमालेका नारदमुनि राना र ओझाका बीचमा छ । ओझा जिताउन कांग्रेसदेखि अन्य दलका मतदाताहरू लागिपरेका देखिन्छन् । कसले बाजी मार्छ भन्ने सबैको चासोको विषय बनिरहेका बेला धेरैजसोले पुष्कर ओझा नै जित्ने कुराको अडकल गरिरहेका छन् । जुन धनगढीका जनताका लागि बडो रोचक र खुलदुलीको विषय बन्न पुगेको छ ।
को हुन् पुष्करनाथ ओझा ?
२०२१ सालमा डोटीको मौवा गाउँमा जन्मेका ओझा दुरदृष्टि भएका नेताका रूपमा चिनिन्छन् । बुबा मुक्तिनाथ प्रजातन्त्रका लागि कैयौंपल्ट जेल परेका थिए । उसो त परिवारमा उनकी आमा विष्मुमतीबाहेक फुपू, भाइलगायत परिवारका सबै सदस्य प्रजातन्त्रको वकालत गर्दा पटकपटक जेल परेका थिए । उनका भाइ विजय नेविसंघका योद्धा नै थिए । जसले कलिलै उमेरमा धर्तीबाट बिदा लिए ।
२०३४ सालमा त्रिनगर मावि धनगढीमा अध्ययनरत गर्नेताका नै पुष्करले नेपाल विद्यार्थी संघको सदस्य बनेर राजनीतिमा हाम फाले । २०३६ को विद्यार्थी आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दा प्रहरी हिरासत हुँदै सुरक्षा कानुनअन्तर्गत काराबासमा रहे ।
जनमतसंग्रहको घोषणा भएपछि बीपी कोइरालालगायत शीर्ष नेताहरूको सहभागितामा धनगढीमा आमसभा राखियो । उक्त आमसभामा विद्यार्थीको प्रतिनिधित्व गर्दै ओझाले भाषण गरे । उनको भाषण सुनेर, उनको वाकपटुता र तर्कशैलीको प्रसंशा गर्दै बीपीले नेपाल विद्यार्थी संघ कैलालीको सचिव बनाइदिए ।
कैलालीमा क्याम्पस नभएकाले क्याम्पस स्थापना हुनुपर्ने माग राख्दै गरिएको विद्यार्थी आन्दोलनको नेतृत्व उनैले गरे । फलस्वरूप २०३८ सालमा कैलाली बहुमुखी क्याम्पसको स्थापना हुनगयो । पहिलो ब्याचको विद्यार्थीमात्र नभई स्ववियु सचिवमा निर्वाचित हुँदै बलबहादुर केसीको समयमा क्याम्पस प्रतिनिधि केन्द्रीय सदस्यसमेत बन्न पुगे । २०३८ को चुनाव बहिष्कार आन्दोलन, २०४२ मा सत्याग्रह, २०४६ को जनआन्दोलनलगायत विभिन्न आन्दोलनमा भाग लिँदा पटक–पटक देशका विभिन्न ठाउँमा जेल चलान भए ।
२०५१ को मध्यावधि निर्वाचनमा कैलाली क्षेत्र नं–३ मा उम्मेदवारी दिए । पार्टीभित्रको ३६ र ७४ को लडाइँको सिकार उनी पनि भए । जहाँ गणेशमानजीले सबै क्रियाशील सदस्यलाई व्यक्तिगत पत्र लेख्दै भन्नुभएको थियो, ‘कांग्रेस सच्याउनसमेत विद्रोही उम्मेदवारलाई मतदान गर्नुहोला ।’ २०५६ मा पुनः सोही क्षेत्रबाट भारी मतान्तरले विजयी भई सञ्चारराज्यमन्त्री बने । उनले आपूm राज्यमन्त्री हुँदा उक्त क्षेत्रमा विद्युतीकरण, ग्रामीण सडक, धनगढी फूलबारी जोड्ने खुटिया नदीको पुल, विद्युत् सबस्टेसन, स्वास्थ्य केन्द्रहरू, सिँचाइ योजनालगायत थुप्रै काम गरेको देखिन्छ । सरल जीवनशैली, सहजै स्थानीय बासिन्दासित घुलमिल हुनसक्ने स्थानीय विकासका समस्याका सन्दर्भमा सदैव चिन्तन गर्ने नेताको रूपमा उनको परिचय बन्न गयो ।
सञ्चारराज्यमन्त्री हँुदा रेडियो नेपालबाट पहिलोपटक डगौरा थारू र राना थारू भाषामा समाचार प्रसारणको सुरुवात गराएकाले थारू समुदायमा लोकप्रिय बन्न पुगे । पार्टीको विभाजन हुँदा आपूm संस्थापन पक्षमा रहे पनि पार्टीका सबै शीर्ष नेताहरूसँग राम्रो सम्बन्ध रहेकाले उनले माओवादी समस्या समाधान नेपाली भूमिमै हुनुपर्ने कुरामा जोड दिएका थिए । हतियारसहितको माओवादी सम्मिलित चुनावले राम्रो परिणाम दिन नसक्ने हुँदा संविधान पनि दिन सक्दैन भन्दै २०६४ को चुनाव लड्न उनले इनकार गरिदिए । जुन कुरापछि सत्य साबित भयो । दिगो विकासका लागि पूर्वाधारमा सबैको पहुँच हुनुपर्ने र सुविधासम्पन्न गाउँ र शहरमा बस्न पाउने सबै नेपालीको हक हो भन्ने मान्यतालाई उनले आत्मसात गरिरहे ।
२०७० को उपचुनावबाट कैलाली क्षेत्र नं-५ बाट निर्वाचित भएपश्चात् यस क्षेत्रमा रिङरोड, सहरी सडक, विभिन्न स्वार्थमा गिजोलिएको हुलाकी रोडको समस्या समाधान गरी सडक पहुँच नभएको स्थानबाट निर्माण, सुबिधायुक्त सभा हल, सबै वडामा स्वच्छ पिउने पानी विस्तार, २२ वटा पक्की पुल, डिप ट्युबवेल सिँचाइ जस्ता थुप्रै केन्द्रीय योजना कार्यान्वयन भएका थिए । कसैसँग दूराग्रह नराख्ने ओझा सहयोग गर्न नसक्ने अवस्थामा सुरुमै प्रष्टढंगले सहयोग गर्न नसकिने कुरा बताउन हिचकिचाउँदैनन् । आफ्ना कुरा नेतृत्वसँग प्रष्ट राख्ने भएकै कारण कैयौंपल्ट अप्ठ्येरोमा पनि परेका छन् ।
यसअघिको चुनावमा आरजु राणा देउवालाई हाराएको आरोप खेपिरहेका उनी सञ्चारकर्मीसँग सजिलैसँग भनिरहेका छन्, ‘कसैले कसैलाई हाराउने र जिताउने भन्ने हुँदैन । कोही जित्छ भने आफ्नो लोकप्रियताका कारण जित्छ । हार्छ भने अलोकप्रियताका कारण हार्छ ।’
यतिखेर कैलालीमा मात्र नभई राजधानीमा समेत तिनै ओझाको चर्चापरिचर्चा बढी चलेको छ । उनी सजिलैसँग भनिरहेका छन् । ‘म हिजोमात्र नभई आज पनि दलहरू बलिया बन्नुपर्ने मान्यता राख्छु । राजनीतिक दलहरू जनताका सम्पत्ति हुन्, प्रजातन्त्रका यन्त्र हुन् । तर, ती यन्त्रलाई हरेक दलका नेतृत्व पक्षले नितान्त आफ्ना बनाई परिवारवाद हावी हुन थालेपछि कसरी हुन्छ प्रजातन्त्र बलियो ? त्यसैले यसलाई कसैको व्यक्तिगत स्वार्थमा प्रयोग हुनुहँुदैन । यस प्रवृत्तिका विरुद्ध सबैले लडनुपर्छ ।’
निष्ठाको राजनीति गर्ने, जनाधार भएका, योगदान दिन सक्ने तर कमजोर आर्थिक अवस्था भएको व्यक्ति पनि नीतिनिर्माता तहमा पुग्न सक्छौ भन्ने मान्यता स्थापित गर्नुका साथै अधिकार सम्पन्न नागरिकका रूपमा बाँच्न पाउने नेपालीको हकको वकालत गर्दै बताउँछन्, ‘म लड्नकै लागि जन्मेको हुँ र लडिरहन्छु ।’
पछिल्लो समयमा धनगढीवासी स्वाभिमानी नागरिक हुन् भन्दै वकालत गरिरहेका उनी धनगढीका जनता रैती हुन भन्ने मानसिकताका विरुद्धसमेत लडिरहेको बताउँछन् । धनगढीको लागि स्मार्ट सिटीको अवधारणा उनकै थियो र अहिले पनि बोकिरहेकै छन् । यसअघिको चुनावमा आरजु राणा देउवालाई हाराएको आरोप खेपिरहेका उनी सञ्चारकर्मीसँग सजिलैसँग भनिरहेका छन्, ‘कसैले कसैलाई हाराउने र जिताउने भन्ने हुँदैन । कोही जित्छ भने आफ्नो लोकप्रियताका कारण जित्छ । हार्छ भने अलोकप्रियताका कारण हार्छ ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका