ट्रम्प निकट केभिनलाई सभामुख बनाउने तयारी

हिमालय टाइम्स
Read Time = 2 mins

न्युयोर्क । रिपब्लिकन अल्पसंख्यक नेता केभिन म्याकार्थीलाई अमेरिकी कंग्रेसको अर्को कार्यकालमा सभामुखका लागि मनोनयन गरिएको छ ।

रिपब्लिकनहरूले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत ल्याउने अनुमानसँगै केभिनलाई सभामुखका लागि मनोनयन गरिएको हो । ‘हाउस रिपब्लिकनहरूले केभिन म्याकार्थीलाई ११८औं कांग्रेसको लागि स्पिकरको लागि हाम्रो उम्मेदवारको रूपमा चयन गरेका छन्,’ हाउस रिपब्लिकनहरूले ट्विटरमार्फत भने । केभिन पूवराष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिन्छन् ।

सभामुखमा निर्वाचित हुन तल्लो सदनका कम्तीमा २१८ जना सांसदको समर्थन चाहिन्छ । मध्यावधि निर्वाचनपछि तल्लो सदनमा रिपब्लिकन ठूलो दल बनेको छ । तर, माथिल्लो सदन सिनेटमा भने डेमोक्रयाट्सको बहुमत छ । १०० सिट भएको सिनेटमा डेमोक्रयाट्सले ५० सिट ल्याएको छ भने रिपब्लिकनले ४९ सिट ल्याएका छन् । जर्जियाको एक सिटमा निर्वाचन हुन बाँकी छ । माथिल्लो सदनमा दुबै दलको बराबर सिट भएमा उपराष्ट्रपतिलाई मतदानको अधिकार हुन्छ ।

अहिले न्यान्सी पेलोसी सभामुख छिन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?